Close sidebar

‘नरसिंहाः अवतार’को ट्रेलर रिलिज, १५ मिनेटमै ट्रेन्डिङमा

बैशाख २५, २०८२

महानायक राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’को ट्रेलर सार्वजनिक गरिएको छ । आज काठमाडौंको सिभिल मलमा आयोजित कार्यक्रममा फिल्मको एक्सन, थ्रिलर, प्रेम र सस्पेन्स मिश्रित फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

यो फिल्ममा राजेश हमाल, नीति शाह, राज कटुवाल, सरोज खनाल, निर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, रमेश चन्द सोडारी, दीपा शाही, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, प्रकाश जंग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, मिसेल घिमिरे, सरोज शाह, किशोर भट्ट, टार्जन, एभिलिना खड्का, समाइरा थापा लगायतका कलाकारहरुको अभिनय छ ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा चन्द्र पन्तको कथा, राजु तामाङको एक्सन निर्देशन, कविराज गहतराज, माइकल चन्द र रामजी लामिछानेको कोरियोग्राफी, राजु थापाको डीओपी रहेको यो फिल्मको ट्रेलरले युट्युबमा हंगामा मच्चाइसकेको छ । सार्वजनिक भएको १५ मिनेटमै फिल्मको ट्रेलर युट्युब ट्रेन्डिङमा परिसकेको छ । दर्शकहरुले यो फिल्मलाई व्यग्र रुपमा प्रतिक्षा गरेको यसबाट पनि स्पष्ट हुन्छ ।

करण सिंह प्रोडक्सन म्यानेजर रहेको यो फिल्ममा समिर मियाको भीएफक्स, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, वसन्त अधिकारी एसोसियट निर्देशक रहेको यो फिल्ममा नेम महर्जनको लगानी छ । साथै, फिल्मका निर्मातामा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपाने छन् ।

फिल्मको ट्रेलरमा राजेश हमाल र राज कटुवालको एक्सन छ । जसलाई दर्शकले निकै रुचाउने देखिन्छ । साथै, पारिवारिक कथाले मन छुने पक्का छ । यसैले, जेठको ९ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मले बक्स अफिसमा धमकेदार ओपनिङ गर्ने अड्कल काटिएको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया