Close sidebar

‘राम नाम सत्य’मा विराजपछि सुशील फाइनल

बैशाख २५, २०८२

म्युजिक भिडियो निर्देशनमा सफलता हात पारेपछि निर्देशनमा पाइला चाल्न लागेका माइकल चन्द आफ्नो सपनाको प्रोजेक्ट ‘राम नाम सत्य’को प्रि–प्रोडक्सनमा व्यस्त छन् । यो फिल्मको स्क्रिप्ट फाइनल भइसकेको छ । अहिले धमाधम कलाकारहरु अनुवन्धित गर्ने काम चलिरहेको छ । यो फिल्ममा नायक विराज भट्ट फाइनल भइसकेका छन् । फिल्ममा विराजको भूमिका के हुनेछ भन्ने खुलाइएको छैन ।

अब, फिल्मको मुख्य भूमिकामा नायक सुशील श्रेष्ठ पनि अनुबन्धित भएका छन् । सुशीलसँग निर्माणपक्षले वुधबार कागजी संझौता गरेको छ ।
फिल्मको स्क्रिप्ट सुनेपछि आफू निकै नै उत्साहित भएको सुशीलले बताए । एक्सन, लभ स्टोरी र सस्पेन्स कथामा निर्माण हुन लागेको ‘राम नाम सत्यः पर्दा पछाडिको पर्दा’मा सुशीलको रोमान्स र एक्सन हेर्न सकिनेछ ।

फिल्मका लागि अब नायिका र केही कलाकारहरु फाइनल गर्न बाँकी रहेको निर्माणपक्षले बताएको छ ।
माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङको लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माता डाक्टर डी आर उपाध्याय, टी आर गौडेल र नरेन्द्र शाह हुन् । फिल्मको छायांकन केही महिनामै गर्ने तयारी निर्माणपक्षको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया