Close sidebar

‘सिटामोल’ निर्माताको म्युजिक भिडियो ‘दुरी मलाई हुनु छैन्’ सार्वजनिक

बैशाख १५, २०८२

आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’ निर्माता भुगोल कुमार कार्कीले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गत शुक्रबार सार्वजनिक ‘दुरी मलाई हुनु छैन्’ गीतमा निर्माता कार्कीसँगै मोडल बिना राउत र अनिता मेहता फिचर्ड छन् ।

बरिष्ठ गीतकार हरिभत्त बुढाथोकीको शब्द रचना रहेको गीतमा टेक बिसी र सिम्रन परियारको स्वर छ । भिम बिसीको संगीत रहेको गीतलाई केशव बढुले एरेञ्ज गरेका हुन् । गंगा श्रेष्ठ र पुनित मेहताले निर्माण गरेको म्युजिक भिडियोलाई नवराज उप्रेती र टिमले खिचेको हो ।

विशाल कैनीको निर्देशन तथा कोरियोग्राफी रहेको म्युजिक भिडियोको सम्पादन तथा कलर मिलन विश्वकर्माले गरेका छन् ।

https://youtu.be/OAIGN4mZhEI

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया