Close sidebar

अशोक शर्माले निर्देशन गर्ने ‘डबल ट्रिपल’ फागुन १ गते रिलिज हुने

बैशाख १, २०८२

अशोक शर्माको निर्देशनमा निर्माण हुने सिनेमा ‘डबल ट्रिपल’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि दशैंको फूलपातीमा रिलिज हुने भनिएको सिनेमा अब फागुन १ गतेबाट भ्यालेनटाइन डेको अवसरमा प्रदर्शनमा आउने भएको हो ।

नेपाली नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै निर्देशक शर्मामाले ‘डबल ट्रिपल’को नयाँ प्रदर्शन मिति घोषणा गरेका हुन् । निर्देशक शर्माले फेसबुक पोस्टमा लेखेका छन्,‘दसैंमा धेरै सिनेमाहरु आउने भए भरसक मिलाएर कम सिनेमा ल्याएर निर्माता साथीहरू पनि सेफ होस् भन्ने हेतुले सहमति बनाउने प्रयास गर्दा कोही पनि एक इन्च सर्न पनि तैयार भएनन् त्यसैले ‘डबल ट्रिपल’ अब २०८२ फागुन १ गते रिलिज हुनेछ ।’

सिनेमामा दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर, केकी अधिकारी, राजाराम पौडेल, उदय सुब्बा, विल्सन विक्रम राई, माओत्से गुरुङ, बुद्धि तामाङ, रामप्रसाद खनाल तथा सुरविर पंडितको अभिनय रहनेछ । सिनेमाको कथा/पटकथा निर्देशक शर्माले राजेश सिटौलासँग मिलेर लेखेका हुन् ।

सिनेमामा शम्भुजित बाँस्कोटाको संगीत, शान बस्न्यातको संवाद, आलोक शुक्लाको छायाँकन, राजु किराँतीको एक्सन तथा सुनिल क्षेत्रीको नृत्य निर्देशन रहनेछ । नगेन्द्र घिमिरे सिनेमाका निर्माण नियन्त्रक हुन् । यसैगरी सिनेमाको निर्मातामा किरण शर्मा पौड्याल, किर्ति शर्मा तथा अंकित शर्मा रहेका छन्।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया