Close sidebar

‘नरसिंहाः अवतार’को विदेशमा उच्च माग, जापान अधिकार विक्री

चैत्र २३, २०८१

‘नरसिंहाः अवतार’को विदेशमा उच्च माग, जापान अधिकार विक्री
दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘नरसिंहाः अवतार’को फस्टलुक सार्वजनिक भएसँगै यसको विदेशमा माग उच्च रुपमा बढेको छ । फिल्मको फस्टलुकसँगै विदेशका अधिकांश ठाउँबाट कुरा आएको र केही दिनमै अधिकांश देशमा विक्री भइसक्ने निर्देशक भट्टराइको भनाई छ ।

यसैबिच, यो फिल्मको जापान अधिकार विक्री भएको छ । फिल्मको जापान अधिकार यूएनए इन्टरटेन्मेन्टले खरिद गरेको हो । जापानका दर्शकले यो फिल्मको विषयमा सोधपुछ गर्न थालेपछि आफूले प्रदर्शन अधिकार खरिद गरेको यूएनएका प्रमुख उज्ज्वल गुरागाँइको भनाई छ । निर्माणपक्षले कति रकममा जापान अधिकार विक्री गरेको हो, त्यो खुलाएको छैन ।

नायक राजेश हमालको कमब्याक फिल्म भएकाले पनि यसको चर्चा बढेको छ । साथै, फिल्मको निर्माणपक्षले ६० फिट लामो पोस्टर सार्वजनिक गरेपछि यसको चर्चा चुलिएको थियो ।
राजेश हमाल, निर शाह, राज कटुवाल, प्रशान्त ताम्राकार, सरोज खनाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ । फिल्ममा दीपक ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी फिल्ममा छ । यो फिल्मको जेठ ९ गतेबाट रिलिजमा आउँदैछ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया