Close sidebar

‘पिताम्बर’ को ट्रेलर वर्ल्ड वाईड ट्रेन्डिङमा

चैत्र २१, २०८१

यही चैत २९ गते रिलिज हुने मल्टिस्टारर फिल्म ‘पिताम्बर’ को ट्रेलर वर्ल्ड वाईड ट्रेन्डिङमा परेको छ । गत मंगलबार एक कार्यक्रमकाबीच रिलिज गरिएको ट्रेलर ३ घण्टा नपुग्दै मुभी सेक्सन यूट्यूबको ९ औं स्थानमा ट्रेन्डिङ परेको थियो । अहिले मुभी सेक्सनको तेस्रो नम्बरमा रहेको छ । हाल कोरियामा ८, मलेसियामा १२, अष्ट्रेलियामा १३, साउदीमा २२, जापानमा १०, कतारमा १२, पोर्चुगलमा १५, युएईमा १० मा पर्न सफल भएको छ ।

हालसम्म फिल्मको ट्रेलरलाई ११ लाख ४२हजार बढि भ्यूज मिलेको छ । जुन अझै बढ्ने क्रममा रहेको छ । यूट्यूबमा फिल्मको ट्रेलरप्रति देखिएको यसप्रकारको आकर्षणले वक्सअफिसमा यसले बलियो सुरुवात गर्नसक्ने आधार बनाएको छ ।

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको व्यानरमा निर्माण भएको फिल्ममा कृषा चौलागाईंको निर्देशन छ । फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ ।
फिल्ममा बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल)ले समेत अभिनय गरेका छन् ।

विशाल चौलागाईं निर्माता रहेको फिल्ममा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन र ट्रेलर, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ । फिल्म आरआर फिल्मस्ले वितरण गर्दैछ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया