Close sidebar

प्रिमियर शोमा क्राइम थ्रिलर ‘११:५५’ लाई उत्साहजनक प्रतिक्रिया

चैत्र ६, २०८१

चैत्र ८ गते भोली शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘११:५५’ (डु नट ट्रस्ट एनिवन)को बुधबार रेडकार्पेट प्रिमियर शो आयोजना गरिएको थियो । कमलपोखरीमा अवस्थित बिग मुभिज सिटीसेन्टरमा आयोजित प्रिमियर शोमा सिनेमाकर्मी र पत्रकारको बाक्लो उपस्थिती रहेको थियो ।

यो सिनेमा हेर्न पूर्वमिस नेपाल तथा अभिनेत्री मलिना जोशी, निर्देशक सवीर श्रेष्ठ, सुवर्ण थापा, सुवास कोइराला, अभिनेता आर्यन अधिकारी, गजित बिष्ट, जयकिशन बस्नेत, निर्देक तथा हास्य कलाकार दीपक आचार्य (काकु), बबिन राई (गल्फने बाजे) र गत फागुन २३ गतेबाट प्रदर्शनरत सिनेमा ‘होस्टेल ३’ निर्माण टिम सिनेमा हेर्न हल पुगेको थियो । सिनेमा हेरेर हलबाट निस्कँखै गर्दा क्राइम थ्रिलर जनरामा उत्कृष्ट सिनेमा निर्माण भएको प्रतिक्रिया दिएका थिए ।

अभिनेत्री मलिना जोशीले नेपालमा क्राइम थ्रिलर जनारामा निर्माण भएको उत्कृष्ट सिनेमा ‘११:५५’ रहेको बताइन् । सिनेमामा अभिनय गरेका सर्व कलाकारले उत्कृष्ट काम गर्नु भएको छ । अझ विशेष त अभिनेत्री सृष्टि श्रेष्ठको अभिनय र पात्रले मन जितेको बताइन् । डेव्यु निर्देशक केशव केशव पाण्डेले सस्पेन्स क्राइम थ्रिलर जनराका सिनेमा रुचाउने दर्शकका लागि उत्कृष्ठ सिनेमा पस्केको उनको भनाई छ ।

निर्देशक सुवर्ण थापाले पनि एउटा घर भित्र गजवले सिनेमा सक्काएको भन्दै डेव्यु निर्देशक पाण्डेको तारिफ गरेका थिए । नेपालमा थोरै मात्रै सस्पेन्स क्राइम थ्रिलर जनरामा सिनेमा बन्ने भएकाले पनि यस्ता सिनेमालाई प्रोत्साहन गर्नु पर्ने बताए । निर्देशक तथा दीपक आचार्य (काकु)ले सिनेमा उत्कृष्ट बनेको भन्दै पछिल्लो समय दर्शकको नजरमा परेका मुख्य अभिनेता महेश त्रिपाठीको कामले मन जितेको बताए । साथै, सिनेमामा अभिनय गर्नुभएका अन्य कलाकार र निर्देशकको समेत तारिफ गरेका थिए ।

सिनेमाका मुख्य कलाकारहरु सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ र डेव्यु अभिनेता सागर खनालले पनि प्रिमियर शोमा मिलेको उत्कृष्ट प्रतिक्रियाले उत्साहित बनाएको बताएका छन् । आज आयोजित प्रिमियर शोमा जसरी उपस्थित पाहुनाहरुले रुचाउनु भएको छ । त्यसरी नै हलमा दर्शकले पनि सिनेमा मन पराउनेमा आशावादी देखिए ।

सिनेमाका डेव्यु निर्देशक केशव केशव पाण्डेले पनि आफ्नो लामो समयदेखिको मेहनत र सपना साकार भएको बताए । ‘मैले जुज सपना देखेर यो सिनेमा निर्माण गरेका थिए । त्यो पाउँदा निकै खुशी लागेको बताए । मेरो कथालाई मैले छानेका कलाकारहरुले जिवन्त अभिनय गरेर न्याय गरिदिनु भएकोमा आभारी छु,’ निर्देशक पाण्डेले भने ।

क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन केशव पाण्डेले गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय सिनेमा हो । सिनेमामा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन रहेको छ ।

अल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्रफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्ले सिनेमामा प्रोडक्सन डिजाइनरको रुपमा रहेका छन् ।

बिचित्र फिल्मस् र गुड जब आर्ट्सको व्यानरमा निर्माण भएको सिनेमामा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । सिनेमामा सागरसहित महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ र विशाल पहारीको पनि अभिनय दर्शकले हेर्न पाउनेछन् । सिनेमाका कार्यकारी निर्माता एमएस अग्रज हुन् । सिनेमालाई कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले वितरण गर्नेछ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया