Close sidebar

अभिनेता तथा टिकटकर कुल ब्वायले गरे स्मार्ट पोइन्टको उद्घाटन

चैत्र २, २०८१

अभिनेता तथा टिकटकर कुल ब्वायले स्मार्ट पोइन्टको उद्घाटन गरेका छन्। काठमाडौंको केएल टावसरको दोस्रो तलामा रहेको स्मार्ट पोइन्टको शनिबार एक कार्यक्रमबीच कुलले उद्घाटन गरेका हुन्। 

डक्टर डेनिमका ब्राण्ड एम्बासडरसमेत रहेका कुलले स्मार्ट पोइन्ट फेसन हाउसको उद्घाटन गर्दै सफलताको शुभकामना दिए। सो अवसरमा कुलले सञ्चालक जयराम भण्डारीको लगनशिलताको पनि तारिफ गरेका थिए। अभिनेतासमेत रहेका कुलले डक्टर डेनिमलगाएर स्मार्ट बन्न आग्रह गरेका छन्। 

सो अवसरमा  स्मार्ट पोइन्टका सञ्चालन भण्डारीले ब्यवसायको क्षेत्रमा करिब एक दशकदेखि  लागि परेको बताए। भण्डारीले यो ब्यवसाय क्षेत्र निकै आशालाग्दो क्षेत्र भएकाले लामो समयदेखि यही क्षेत्रमा सक्रिय रहेको बताएका थिए।

‘सधैँ सकारात्मक सोचौं’ भन्ने मूल नारासहित सञ्चालनमा ल्याइएको यस स्मार्ट पोइन्टले उद्घाटनका क्रममा उपस्थित सञ्चारकर्मीलाई पनि आफ्ना  ब्राण्डका सामाग्री उपहार स्वरुप प्रदान गरेको थियो।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया