Close sidebar

‘आउटलः दफा २१९’ले एक्सनमा नयाँ बेन्चमार्क खडा गर्ला ?

फाल्गुन २६, २०८१

बिहिबार फागु पूर्णिमाको दिनबाट नयाँ चलचित्र ‘आउटलः दफा २१९’ रिलिजमा आउँदैछ । यो चलचित्रलाई विक्की महर्जनले निर्देशन गरेका हुन् भने अमित अग्रहरी फिल्मका निर्माता हुन् ।

यो चलचित्र निर्माण गर्नका लागि २ वर्ष लागेको र सबै टिमले निकै मिहिनेत गरेको भनाई निर्देशक महर्जनको छ । महर्जन भन्छन्–‘यो चलचित्रमा एक्सन मात्र छैन । एक्सनसँगै चलचित्रले नेपालको महत्वपूर्ण विषयलाई उठान गरेको छ ।

चलचित्रमा एक्सन, ड्रामा, कमेडी, थ्रीलर सबै छ । यसमा हेर्नका लागि धेरै कुरा छ । दर्शकलाई यसपटक धेरै सरप्राइज हुनेवाला छ । ट्रेलरमा सबै कुरा खोलिएको छैन ।’

निर्देशक महर्जनले यो कथा कसैको जीवनसँग नमिल्ने पनि दाबी गरे । भने–‘यो एउटा काल्पनिक कथा हो । क्यारेक्टर ग्याङस्टारकै हो । तर, यो बदला र न्यायको कथा हो । यसको कथावस्तु निकै नै गरुङ्गो छ ।’

यता, चलचित्रका निर्माता अमित अग्रहरी पनि सबैको सोच मिलेका कारण ‘आउटलः दफा २१९’ निर्माण भएको बताउँछन् । उनले भने–‘यस्तो एउटा विषयवस्तु हामीले ल्याएका छौं, जुन भन्न आवश्यक थियो । एक्सनमा यो चलचित्रले नेपाली फिल्म क्षेत्रमा नयाँ वेन्चमार्क नै खडा गर्छ जस्तो लाग्छ मलाई । मैले पैसा सोचेर चलचित्र बनाएको नै होइन । नयाँ भिजन, नयाँ विषयवस्तु भएका कारण नै लगानी गरेको हुँ ।’

उनले, नेपालमा पछिल्लो समय बनिरहेका चलचित्र भन्दा विल्कुलै फरक फिल्म ‘आउटलः दफा २१९’ बनेको दाबी गरेका छन् । भने–‘हामीले एक्सन चलचित्र त हेरेका छौं तर त्यसमा फिल नै आउन सकेको छैन । आउटलले त्यो महशुश गराउँछ । दर्शकहरुले निकै राम्रो प्रतिक्रिया पनि दिनु भएको छ । यो हाम्रो सफलता हो । चलचित्रले अर्को फिल्म बनाउने पैसा उठायो भने पनि म खुशी हुन्छु ।’

चलचित्रको मेकिङ, प्रस्तुति, एक्सन, कलाकारहरुको अभिनयले सर्वाधिक चर्चा पाइरहेको छ । नायक सुशील श्रेष्ठको नयाँ अवतारले दर्शकलाई सरप्राइज पनि दिएको छ । यसैले, बक्स अफिसमा यो चलचित्रले सुखद कमाई गर्ने विश्वास लिइएको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया