Close sidebar

नेपमेलो ‘सिंगर्स अन माइक’ अन्तर्गत रामचन्द्रको ‘ओइ मेरी कान्छी’

फाल्गुन १२, २०८१

नेपमेलो म्युजीकले नयाँ अवधारणासहित सुरु गरेको नयाँ शो ‘सिंगर्स अन माइक’ अन्तर्गत वरिष्ठ गायक रामचन्द्र काफ्लेको गीत ‘ओइ मेरी कान्छी’ सार्वजनिक भएको छ । गीतको अन्त्यतिर गायिका मनीषा सुनारले उनलाई साथ दिएकी छिन् ।

सार्वजनिक गीतमा शब्द तथा संगीत गायक तथा संगीतकार सुमन ताम्राकारको रहेको छ ।

संगीतलाई प्रविधिसँग जोड्ने क्रममा ‘सिंगर्स अन माइक सिजन’ कार्यक्रम वास्तविक रियालिटी सो भने होइन, तर यो रियालिटी सो मोडेलमा निर्माण गरिएको छ । शोको पहिलो एपिसोडमा बुटवलकी सुजाता पाण्डेले प्रस्तुति दिएकी थिइन् ।

नेपमेलोको स्टेजमा गायक रामचन्द्र काफ्लेको लाइभ प्रस्तुति हेर्न सकिन्छ । यो स्टेजका लागि एक वर्षको अवधिमा २४ वटा गीतहरू तयार पारिएका छन्, जसमा गायक-गायिकाहरू स्वयम् स्टेजमा प्रत्यक्ष रूपमा देखिनेछन् ।

अहिले अधिकांश गीत हिट भए पनि यथार्थमा कसले गाएको हो भन्ने दर्शक-श्रोताले थाहा पाउने मौका नपाउने समस्या रहँदै आएको छ । यही समस्या समाधान गर्दै ‘सिंगर्स अन माइक’ले जो गायक हो, उनैलाई स्टेजमा प्रस्तुत गर्ने नीति अपनाएको छ ।

नयाँ कलाकारसँगै अनुभवी तथा चर्चित गायक-गायिकाहरूको प्रस्तुतिहरू पनि यस स्टेजमा समेटिनेछन् । नेपमेलो म्युजीकलाई विश्वास छ कि ‘सिंगर्स अन माइक’ को यो अवधारणाले संगीतप्रेमी दर्शक-श्रोताहरूलाई भरपूर मनोरञ्जन प्रदान गर्नेछ ।

अहिले कति गायक-गायिकाको गीत सुपरहिट भए पनि सो गीत खासमा कसले गाएको हो भन्ने बारे दर्शक अनविज्ञ रहने भएकाले जसले गाएको हो उसैलाई स्टेजमा उतार्ने नेपमेलोको मूल उद्देश्य हो । आफ्नो यो प्रकारको फरक प्रस्तुतिले दर्शकलाई भरपुर रमाइलो, ज्ञान र आनन्द प्राप्त हुनेमा नेपमेलो विश्वस्त छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया