Close sidebar

‘मायावी’को भजन गीत ‘माता विन्धवासिनी’ सार्वजनिक

फाल्गुन ८, २०८१

फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘मायावी’को भजन गीत ‘माता विन्धवासिनी’ सार्वजनिक गरिएको छ ।

एसडी योगीको स्वर र संगीत रहेको गीतमा राम अविरल बिष्टको शब्द छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु नायक पल शाह, नायिका दीपिका प्रसाँई, नायिका करिश्मा श्रेष्ठ, कलाकार सुशिल सिटौला लगायतलाई फिचरिङ गरिएको छ । विन्धवासिनी मन्दिरमा नै छायांकन गरिएको यो गीतलाई दर्शकले मन पराउने विश्वास गरिएको छ ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा पल शाह, दीपिका प्रसाँई, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ, लक्ष्मी गिरी, अंशु महर्जन, राजाराम पौडेल, रवि डंगोल, रमा प्रसाँई, दीपेन्द्र सिंम्खडा, संगीता सिलवालको साथमा नव–नायक समीम खानको मुख्य भूमिका छ ।

राजु विक्रम थापाको डीओपी रहेको चलचित्रमा मिलन श्रेष्ठको सम्पादन छ । चलचित्रमा धु्रव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी छ । ट्रेलरलाई दर्शकले निकै मन पराएका छन् । यसैले पनि चलचित्रले फागुन १४ गते सुखद ओपनिङ गर्ने विश्वास गरिएको छ ।

चलचित्रमा राजु पराजुली र सुमित वलीको सह–निर्माण, प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माताको रुपमा छन् । चलचित्रमा क्रियटिभ सिने आर्टस्का लागि नेम महर्जनको पनि लगानी छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया