Close sidebar

चलचित्र ‘पिताम्बर’को चर्चामा टिजर पछि गीत

फाल्गुन ७, २०८१

नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने चलचित्र ‘पिताम्बर’यतिबेला चर्चामा छ । मल्टिस्टारर यो चलचित्रको टिजर र गीत रिलिज भएसँगै यसको हाइप दिनानुदिन बढ्दो छ ।
निर्देशक कृषा चौलागाईंका अनुसार टिजर र गीतमा प्राप्त दर्शक प्रतिक्रियाका कारण विदेशमा चलचित्रको माग उच्च छ ।

‘टिजर र गीतलाई प्राप्त प्रतिक्रियाले विदेशमा चलचित्रको माग ह्वात्तै बढेको छ । हरेक कथा अनुसार नयाँ चलचित्र बन्ने भएकाले ‘पिताम्बर’ पनि नयाँ कथा हो,’ उनी भन्छिन् ।

चलचित्रका कलाकार दिव्य देवले महाभारतको उद्धरण ‘यदा यदा ही धर्मस्य’बाट वाचन गरेपछि सुरु हुने एक्सनपूर्ण टिजरमा कलाकार प्रदीप खड्का, अनुपविक्रम शाही, दयाहाङ राई, सौगात मल्ल, सुरक्षा पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, रविन्द्र झा अँटाएका छन् । बुढासुब्बा डिजिटलबाट सार्वजनिक टिजरलाई १७ लाख बढी पटक हेरिएको छ ।

त्यस्तै प्रदीप खड्का र दिव्या रायमाझीको रोमान्स रहेको गीत ‘म त फ्यान भए यार’लाई १९ लाख पटक हेरिएको छ । तराईको लोकेसनमा भारतीय प्राविधिकले डिजाइन गरेको भव्य सेटमा छायांकन गरिएको गीत निकै राम्रो बनेको छ ।

निर्माता विशाल चौलागाईं चलचित्र प्रति आफ्नो रुची बढ्दै गएकाले अझ राम्रो चलचित्र बनाउनेमा आफू प्रतिबद्ध रहेको बताउँछन् । पेशाले मेडिकल व्यवसायी विशालले यसअघि कृषाको निर्देशन रहेको चलचित्र ‘एैचोपैचो’ निर्माण गरेका थिए ।

‘ऐंचो पैचो’बाट निर्देशनमा पाइला चालेकी कृषाले यसअघि ‘इन्साफ’, ‘कसम हजुरको’, ‘के म तिम्रो साथी बन्न सक्छु’ र ‘पलास’ निर्माण गरिसकेकी छन् ।

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ ।

चलचित्रमा बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी ९अनमोल०ले समेत अभिनय गरेका छन् ।

विशाल चौलागाईं निर्माता रहेको चलचित्रमा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन, काला चरनको पाश्र्व संगीत, रेनिस फागोको कलर ग्रेडिङ, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ । चलचित्रलाई आरआर फिल्मसले वितरण गर्दैछ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया