Close sidebar

‘तीनतारा’को छायाङ्कन सम्पन्न

फाल्गुन ६, २०८१

जीवन दाहालको डेब्यु निर्देशन रहेको चलचित्र ‘तीनतारा’को छायाङ्कन सम्पन्न भएको छ । मोरङ र सुनसरीका विभिन्न स्थानमा छायाङ्कन गरिएको यो चलचित्रमा १५ वर्षपछि भेटिएका साथीहरूको जीवन र सम्बन्ध परिवर्तनको कथा देखाइने छ ।

निर्देशक दाहाल आफैँले लेखेको कथाले मित्रताको महत्त्व, जीवनका उतारचढाव र समयले ल्याउने परिवर्तनलाई सूक्ष्म रूपमा प्रस्तुत गरेको छ ।

चलचित्रमा घनश्याम जोशी, उत्तम पाण्डे, दीपेन्द्र शाही, रुपेश तामाङ, अशोक गौतम, नवीनचन्द्र अर्याल, सविन भट्टराई, भरत कार्की, सुष्मा निरौला लगायतको अभिनय छ ।

फोटोग्राफी निर्देशन अतुल आनन्द र छायाकार पवन सिग्देल रहेको चलचित्रको पोस्ट–प्रोडक्सनको काम आरपी प्रोडक्सन्सले गर्ने जनाइएको छ । चलचित्र माउन्टेन र्‍याट्स मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको हो।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया