Close sidebar

अस्ट्रेलियामा ‘पीआर’को छायांकन सुरु

माघ २९, २०८१

सलोन सलिना फिल्मसको व्यानरमा निर्माण हुने चलचित्र ‘पीआर’को मंगलबार बाट छायांकन सुरु भएको छ । अस्ट्रेलियाको कोग्रास्थित बैठक रेष्टुरेन्टमा चलचित्रको मुर्हतसँगै छायांकन सुरु भएको हो ।

शोभित बस्नेतले निर्देशन गर्ने चलचित्रको प्रस्तुतकर्ता रन्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया) र लेन वे डम्प्लिङ सिड्नी हुन् । निर्देशक बस्नेतका अनुसार कलाकारहरु आर ए सुरज पौडेल, राजन कुँवर, बिनिता कार्की, पुजा चौधरी र आस्मा अधिकारीले मुहुर्त सट दिएका थिए ।

चलचित्रमा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा निर्माता र एपिआइसिका गणेश केसी कार्यकारी निर्माता छन् ।
चलचित्रमा मानस राजको संगीत, शोभित बस्नेतको कथा, गणेश बुढाथोकीको पटकथा र संवाद, सौरभ मानन्धरको छायांकन र बन्दे प्रसादको सम्पादन हुनेछ ।

निर्देशक बस्नेतले चलचित्रको छायांकन अष्ट्रेलियाको विभिन्न सहरमा र २५ प्रतिशत छायांकन नेपालमा गरिने बताए ।

चलचित्रमा आर ए सुरज पौडेल, राजन कुँवर, पुजा चौधरी, विनिता कार्की, आस्मा अधिकारी, कुशल थापा, विमला खत्री, म्याक्स, कृष्ण थापा र नवीन घायलको अभिनय छ ।

Tags: nepali movie

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया