Close sidebar

‘दुखी आत्मा’को गीतमा जुनारमाथि दया र आँचलको रोमान्स

माघ १५, २०८१

फागुनको २ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘दुःखी आत्मा’को पहिलो गीत ‘जुनी जुनी भरीलाई’ सार्वजनिक गरिएको छ ।
केतन क्षेत्री र मुना ठटालको स्वर, इश्वर कार्कीको शब्द तथा संगीतमा तयार भएको गीतको भिडियो कर्णप्रिय छ । उदयराज पौडेलले गीतको एरेन्ज गरेका हुन् ।

सार्वजनिक गीत रोमान्टिक शैलीमा तयार पारिएको छ । चलचित्रका मुख्य कलाकारहरु नायक दयाहाङ राई र नायिका आँचल शर्मालाई गीतको भिडियोमा फिचरिङ गरिएको छ । भक्तपुर दरबार स्क्वायरमा खिचिएको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । आलोक शुक्लाको छायांकन रहेको गीतको भिडियोमा रामप्रसाद चौधरीको सम्पादन छ ।

यो चलचित्रको टिजर र ब्रेकअप कविता चर्चित भइसकेको छ । सामाजिक संजालमा ब्रेकअप कवितामा टिकटक बनाउनेहरुको संख्या लाख भन्दा माथि छ । अब, यो गीतले पनि दर्शकको ध्यान तान्ने आशा गरिएको छ ।

चलचित्रको टिजर सार्वजनिक भएसँगै ‘जुनार’ खुबै हिट छ । यसैले, कोरियोग्राफरले यो गीतमा जुनारको भरपुर प्रयोग गरेका छन् ।
दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा हिमाल कडरियाको लगानी छ । सुदिप ढकाल कार्यकारी निर्माता रहेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन छ ।

यो चलचित्रमा दया र आँचलको साथमा अनुप विक्रम शाही, वुद्दि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर लगायतका कलाकारहरुको अभिनय छ ।
क्लक वर्क क्रियशनको व्यानरमा निर्माण भएको यो चलचित्रले यौनमा कमजोर रहेको एक पुरुषको कथा भन्छ । चलचित्रले रमाइलो तरिकाले गम्भिर विषयवस्तु उठान गरेको निर्माणपक्षको भनाई छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया