नेपालगन्ज,चलचित्र ‘महाजात्रा’ले प्रदर्शनको चौथो सातामा सफलता साथ प्रवेश गर्दै देशभरका हलहरुमा आज हाउसफुलमय ब्यापार गरेको छ । देशभरका अधिकांस हलमा प्रदर्शनरत चलचित्रले अघिल्लो तिन साता झैँ चैथो सातामा पनि दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाईनै रहेको छ ।
चलचित्रले देशभरका हलमा प्रदर्शन हुँदै गर्दा तीन सातामा तेइस करोड एक लाख ग्रस कलेक्सन गरेको छ । निर्माण पक्षले नेपालमा चौध करोड र विदेशमा नौ करोड एक लाखको ग्रस कलेक्सन गरेको तथ्यांक सार्वजनिक गरेको छ ।
चलचित्रलाई प्राप्त शोले ‘महाजात्रा’ नयाँ वर्षमा पनि आक्रामक व्यापार गर्ने अनुमान प्रदर्शक र वितरकले गरेका थिए । जुन अहिले सिनेमा घरमा देखिदैछ।
चैत ९ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले नेपालमा मात्र नभई विदेशमा पनि नेपाल झैँ भव्यताका साथ व्यापार गरिरहेको छ । चलचित्रको बलियो पक्षनै दर्शकबाट पाएको सकारात्मक ‘वर्ड अफ माउथ’ हो ।
नेपालगन्जको हकमा चलचित्रले नेपालगन्जको सिनेमाघर सिने रोयल र बागेश्वरी क्युएफएक्स सिनेमाजमा आज हाउसफुलमय ब्यापार गरेको छ। महाजात्राको आजको मात्रै ब्यापार हेर्दा दुबै हलमा चलचित्रले ७ लाख भन्दा माथीको ब्यापार गर्ने अनुमान छ ।
प्रदिप भट्टराई निर्देशित चलचित्रमा आपतकालीन रुपमा पैसा व्यवस्थापन गर्न आइपर्ने अवसर र त्यसको क्रममा तीन पात्रले गर्ने सङ्घर्ष देखाईएको छ।जस्मा बिपिन कार्की, रबिन्द्र सिंह बानिया, रबिन्द्र झा, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । चलचित्रलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।



