Close sidebar

चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’को शुभ मुहूर्त, आजदेखि छायांकन सुरु

अशोज ७, २०८३

बलिराम चौहानको निर्देशनमा बन्ने सिनेमा ‘ल्याङ्ग ल्याङ्ग’को शुभ मुहूर्त गरिएको छ । निर्माण टिमले ललितपुरको कार्यविनायक मन्दिरमा पूजा गर्दै सिनेमाको शुभ मुहूर्त गरेका हुन् । जसमा सिनेमाका निर्देशक चौहान निर्माता भोलानाथ कटुवालसहित सवैजसो मुख्य कलाकार उपस्थित थिए ।

सिनेमाको आज बुधबार काठमाडौंको लाजिम्पाटदेखि नै छायांकन सुरु गर्ने निर्देशक चौहानले बताए । उनका अनुसार ३५ दिनको छायांकन तालिकासहित छायांकन सुरु गरिनेछ । यो सिनेमाको छायांकन काठमाडौं, झापा र सुनसरीको इटहरी क्षेत्रमा गरिनेछ ।

स्काइफल पिक्चर्सको प्रस्तुति रहने सिनेमाको स्लोगन ‘हरेक युवाको कथा’ राखिएको छ । नेपाली युवापुस्ताले आफ्नो सर्कलमा साथीभाइबीचको ‘किचकिच’ र एउटै कुरामा हुने बारम्बारको दबाब वा मानसिक तनावलाई बुझाउन ‘ल्याङ्ग ल्याङ्ग’ शब्द प्रयोग गर्ने गर्छन् ।

सिनेमाले यही युवा चरित्र र उनीहरूको दैनिक जीवनका उतारचढाव प्रस्तुत गर्ने निर्देशक चौहानले बताए । ‘सिनेमाले जेनजी पुस्ताको प्रेम, संघर्ष र स्वतन्त्रताको कथा भन्नेछ’, उनले भने, ‘विशेषगरी युवापुस्ताको मनोविज्ञान र समसामयिक कथालाई पर्दामा उतार्नेछौं ।’

कथाअनुसार सिनेमाको स्लोगन पनि युवकेन्द्रित ‘हरेक युवाको कथा’ राखिएको छ । सिनेमाको मुख्य भूमिकामा रिहान गिरी, सन्तोष बानियाँ, जीवन जंग बस्न्यात, गुराँस ढकाल, प्रज्वल दुलाल, बिनोद सिंह थापा, सुप्रिया खनाल, हिउँवाला गौतम, सवी थापा, श्रेया श्रेष्ठ, सुगम दुलाल र सिर्जना बानियाँलगायत कलाकारको अभिनय रहनेछ ।

सिनेमाको कथा बलिराम चौहान र उपाश्री खतिवडाले मिलेर तयार पारेका हुन् । स्काई फल पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको सिनेमामा कटुवालको लगानीमा बन्नेछ । सिनेमामा रवी रोक्काको छायांकन, अर्जुन पोखरेल, प्रशान्त शिवाकोटी र अभिषेक निरौला (एनमक्स) को संगीत, महेश मगर प्रोडक्सन म्यानेजर, रेलिजाश्रेष्ठ प्रोडक्सन डिजाइनर, साश्वत श्रेष्ठको बिजिएम र मित्र डी गुरुङको सम्पादन रहनेछ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया