प्रतिक्षित फिल्म ‘जदौ’ मा समोवेश तिमीसँग नबोली..बोलको प्रेम गीत आइतबार हाइटेक इन्टरटेन्मेन्ट युट्युव च्यानल मार्फत सार्वजनीक गरिएको छ । गीतमा नायिका नीति शाह र नायक प्रभात पाल ठकुरी रोमान्टिक भावमा प्रस्तुत भएका छन् ।
किरण गजमेर र मनिषा सुनारको स्वर,गोपाल लोहारको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीतको भिडियो कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको फिल्म ९ असोजमा देशब्यापी प्रदर्शनमा आउदैछ । अन्तरजातीय प्रेम सम्बन्धको बिषय उठान गरिएको फिल्मको स्क्रिप्ट निर्देशक लिम्बूले लेखेका हुन् । टिजर सार्वजनीकसँगै दर्शकमा थप कौतुहलता जगाएको फिल्ममा नीति,प्रभातका साथमा मुकुन भुसाल,ऋचा शर्मा,राजश्री थापा,विनोद न्यौपाने,नरेश पौड्याल,गीता अधिकारी,खड्कबहादुर पुन (खबपु),सुन्दर धिताल,सन्ध्या श्रेष्ठ,सुमित्रा देवकोटालगायतका कलाकारले अभिनय गरेका छन् ।





