Close sidebar

‘झिंगे दाउ २’को ‘जेठानी–देउरानी’ गीत रिलिज, आँचल र केकीको देखियो दोहोरी

भदौ १९, २०८३

असोजको २ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘झिंगे दाउ २’को तीज लक्षित गीत सार्वजनिक भएको छ । ‘जेठानी भर्सेस देउरानी’ बोलको गीत आज ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ । ७ मिनेट लामो यो गीतमा फिल्मका मुख्य दुई पात्रविचको झगडा प्रस्तुत गरिएको छ ।

सार्वजनिक गीतमा बाबुल गिरीको शब्द तथा संगीत, एलिना चौहान र रचना रिमालको स्वर छ । सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य दुई कलाकारहरु केकी अधिकारी र आँचल शर्माको झगडा प्रस्तुत गरिएको छ । यो फिल्ममा केकी जेठानी र आँचल देउरानीको भूमिकामा छिन् । गीतमा प्रयोग गरिएका लाइनहरु सामाजिक संजालमा चर्चित हुने देखिन्छ ।

गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । नायिकाद्धय केकी र आँचल गीतले दर्शकको लोभलाग्दो साथ पाउनेमा विश्वस्त देखिएका छन् ।

कपनगढी सिनेमा प्रा.लि र फिल्म क्रिउ नेपाल प्रा.लिको व्यानरमा निर्माण भएको यो फिल्ममा ज्ञानेन्द्र देउजाको निर्देशन, सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी छ ।

रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा फिल्मका सह–निर्माता हुन् । विष्णु घिमिरे ‘कल्पित’को डीओपी रहेको फिल्ममा मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको एक्सन छ । फिल्मका प्रोडक्सन हेड ईश्वर घिमिरे हुन् ।

फिल्ममा केकी र आँचलको साथमा महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाल लगायतका कलाकारहरुको अभिनय छ ।

परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्दु फुयाँल र शिशिर चालिसेको लेखन छ । फिल्मको टिजरले दर्शकको ध्यान तानिसकेको छ । फिल्मको ट्रेलर केही दिनमा रिलिज हुनेछ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया