Close sidebar

विजय र पूजाको ‘रत्यौली’ फागुन २१ मा रिलिज हुने

असार १५, २०८३

नायिका पूजा शर्माको प्रस्तुतिमा तयार हुन लागेको फिल्म ‘रत्यौली’को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्म फागुनको २१ गतेबाट विश्वव्यापी रुपमा रिलिज हुने निर्माणपक्षले जनाएको छ ।

सुरज आचार्यको निर्माणमा तयार हुने फिल्मलाई मुस्कान ढकालले निर्देशन गर्दैछन् । यो फिल्ममा नायक विजय बराल र नायिका पूजा शर्मा फाइनल भइसकेका छन् । नाईटिङ्गेल ईन्टरटेन्मेन्ट प्रा.लि र पूजा शर्मा प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो फिल्मको छायांकन भदौ महिनाबाट सुरु हुँदैछ ।

फिल्मको पोष्टर सार्वजनिक भएसँगै यसले चर्चा पाएको थियो । यो फिल्मको वितरणको जिम्मा रिच इन्टरटेन्मेन्टका लागि करण श्रेष्ठले लिएका छन् ।
महाशिवरात्री र नारी दिवस परेकाले फिल्मको प्रदर्शन मिति फागुन २१ लाई तय गरिएको करणले बताएका छन् ।
सामाजिक कथावस्तुमा तयार हुने यो फिल्मको हाल धमाधम प्रि–प्रोडक्सनको काम चलिरहेको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया