यहि जेष्ठ ८ गतेदेखि देशभर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘मितज्यू’को प्रचारप्रसारका क्रममा चलचित्रको टिम भोलि जेठ १३ गते बुधबारका दिन नेपालगन्ज आउने भएको छ।
चलचित्रको टिममा अभिनेता दयाहाङ राई, अभिनेत्री टेरिया मगर,खड्गबहादुर पुन मगर (खबपु) लगायत कलाकारहरूको सहभागिता रहने जनाइएको छ।
नेपालगन्ज भ्रमणका क्रममा टिमले सिनेमाघर सिनेरोयल तथा क्युएफएक्स बागेश्वरी सिनेमाजमा दर्शकसँगै चलचित्र हेर्ने तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको बताइएको छ।
चलचित्र प्रदर्शनसँगै कलाकारहरू प्रत्यक्ष रूपमा दर्शकमाझ पुग्ने भएपछि नेपालगन्जका चलचित्रप्रेमीहरू उत्साहित बनेका छन्।
चलचित्र ‘मितज्यू’मा अभिनेताद्वय सौगात मल्ल र दयाहाङ राईसँगै तेरिया मगर मुख्य भूमिकामा छन् । सौगात, दयाहाङ र तेरियासँगै यो चलचित्रमा खड्गबहादुर पुन मगर (खबपु), शिशिर वाङ्देल, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछानेलगायतको अभिनय रहेको छ ।
जनक घर्ती मगरले निर्माण गरेको चलचित्रलाखई लोकेश बज्राचार्यले सम्पादन गरेका छन् । शिशिर बिशंखेको सिनेमेटोग्राफी रहेको छ । नेपाली ग्रामीण परिवेशको कथा ‘मितज्यू’मा देख्न सकिन्छ।
नेपाली गाउँको संस्कार, संस्कृति, रहनसहन र मित्रताको कथा चलचिको मुख्य विषय भएकाले धेरै दर्शकको मन जितेको निर्माण टिमको बिश्वास रहेको छ ।






