Close sidebar

चिकित्सक पेशामा आवद्ध जोडी सुरेश र रेहाको ‘सधैं साथमा तिम्रो’ सार्वजनिक

चैत्र १५, २०८२

अमेरिकामा रहेर चिकित्सक पेशामा आवद्ध जोडी सुरेश बस्नेत र रेहा पोखरेलले एक रोमान्टिक गीत सार्वजनिक गरेका छन् । सुरेश बस्नेतको स्वरमा समावेश ‘सधैं साथमा तिम्रो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

‘दुई मुटु, एक यात्रा’ थिम राखेर तयार पारिएको गीतको भिडियोलाई ३ वटा देशमा खिचिएको छ । यो गीतको भिडियोलाई अमेरिका, अष्ट्रेलिया र न्यूजिल्याण्डका रमणीय स्थानमा खिचिएको छ । गीतको भिडियोमा श्रीमान् श्रीमतिको रुपमा सुरेश र रेहाले नै अभिनय गरेका छन् । गीतलाई ‘वास्तविक कथा’मा आधारित रहेर तयार पारिएको हो ।

गोविन पुनको शब्द र संगीतमा तयार भएको यो गीतले रेहा र सुरेशको वास्तविक प्रेम यात्रा र जीवनको आरोहलाई प्रस्तुत गरेको छ । विक्रान्त मान श्रेष्ठ र क्रिस्टिना बसिस्टको निर्देशनमा तयार भएको यो भिडियोमा साहिल खानको सम्पादन, प्रविण श्रेष्ठको पटकथा छ । भिडियोको छायांकन अष्ट्रेलियामा सौरभ मानन्धर, न्यूजिल्याण्डमा यूरिका फिल्मस् प्रा.लि र अमेरिकामा पशुपति बस्यालले गरेका हुन् ।

महंगो लागतमा भिडियो तयार पारेका गायक तथा मोडल सुरेश भन्छन्–‘हामीले पैसाका लागि भन्दा पनि गीतसंगीतप्रतिको अथाहा प्रेमका कारण दर्शकमाझ प्रेमको कोशेली सार्वजनिक गरेका हौं । यो गीत र भिडियोले दर्शकको मन छुनेछ भन्ने विश्वास छ ।’ चिकित्सिक पेशामा निकै व्यस्त हुँदा पनि सुरेश र रेहाले गीतसंगीतलाई निरन्तर अगाडि बढाउने बताएका छन् । गीतसंगीतको क्षेत्रमा उनीहरुको यात्रा अझै अगाडि बढोस्, हाम्रो शुभकामना ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया