Close sidebar

नीताको ‘पार्वती’ले तोक्यो प्रदर्शन मिति,आगामी भदौँ १२ गतेबाट रिलिज हुने

चैत्र १५, २०८२

नीता ढुङ्गाना फिल्मस्को व्यानरमा निर्माण हुने फिल्म ‘पार्वर्ती’ छायांकनमा निस्किने तयारीमा जुटेको छ। निर्माण टिमले यहीँ चैत २४ गतेबाट छायाँकनमा निस्किने तयारी गरेको जानकारी दिएका छन्। साथै फिल्मको प्रदर्शन मिति समेत तोकिएको छ। यस फिल्मकी निर्देशक नीता ढुङ्गालो फिल्मलाई आगामी भदौ १२ गतेबाट प्रदर्शनमा ल्याउने बताइन्। उनले भनिन्,‘हामी यहीँ चैत २४ गतेबाट फिल्मको छायांकनमा निस्किदैछौँ। र हामीले वितरक तथा सबैसँगको सल्लाह अनुसार फिल्मलाई आगामी भदौ १२ गतेबाट रिलिज गर्ने घोषणाको तयारीमा पनि छौँ।’

यस फिल्ममा निर्देशक ढुङ्गाना आफै मुख्य भुमिकामा अभिनय गर्दैछिन्। नीताका साथमा दीपाश्री निरौला,अशोक दर्जी,सिरु बिष्ट,राधिका कँडेल,राज पंगेनी शर्मा,राजेन्द्र नेपाली,आशा पौडेल लगायतको अभिनय रहनेछ। निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको यस फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्। सुदिप बरालको डिओपी रहेको यस फिल्ममा सरोज अधिकारी क्रियटिभ निर्देशक रहेका छन्। सरोज कार्टुन क्रुका डान्सर तथा निर्देशक हुन्। उनी पहिलो पटक यस फिल्ममा क्रियटिभ निर्देशकका रुपमा काम गर्न लागेका हुन्।

यस फिल्ममा प्रोडक्सन शंकर पाण्डेले हेर्दैछन् पनि कार्यकारी निर्माता पनि उनै रहेका छन्। फिल्मको सम्पादन साहिल खानको रहने छ भने यस फिल्मको पोस्टर डिजाइन् रोयल भिमसेनको छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया