Close sidebar

निखिल उप्रेती र वर्षा सिवाकोटीको मुख्य भुमिकामा ‘कस्तुरी’को छायांकन सुरु

फाल्गुन १, २०८२

निखिल उप्रेती र वर्षा सिवाकोटीको मुख्य भुमिका रहने फिल्म ‘कस्तुरी’को शुभ मूहुर्त गरिएको छ। मंगलबार बिहान ललितपुरको बंगलामुखी मन्दिरमा शुभ मूर्हतसँगै सुटिङ पनि थालिएको छ। शुभमुर्हत गर्दै निर्देशक ऋत बोहोराले आजैबाट फिल्मको सुटिङ थालिएको बताए। उनले भने,‘ हामीले आजैबाट फिल्मको छायांकन थालेका छौँ। यसको अधिकांश छायांकन काठमाडौं र आसपासमा हुनेछन्।’

उनले रहस्य,सस्पेन्स र अपराधका गहिरा तहहरूलाई फिल्मले उजागर गर्ने बताए। यस फिल्मबाट नै अभिनेता निखिल उप्रेती र वर्षा सिवाकोटीले पहिलोबाट स्क्रिन सेयर गर्न लागेका हुन्। फिल्ममा निखिल र वर्षाका साथमा शेखर चापागाईं,निर्मल शर्मा,नीशा अधिकारी,अर्जुन गुरुङ,भोलाराज सापकोटा,सबी थापा,प्रशान्त केसी,सन्तोष बानियाँ,सुवास बंञ्जन,मिरा पण्डित,घनश्याम जोशी,श्रेया श्रेष्ठ,प्रतिष्ठा थापा,नेहा गौतम र विशेष भुमिकामा गौरव पहारी र हेना नगरकोटीको अभिनय रहने छ।

टेन इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको कथा ऋत बोहोराले नै लेखेका हुन् । यस फिल्मका निर्माता धिरज कुमार अग्रवाल हुन् भने को–प्रोड्युसरमा अञ्जली चौधरी रहेकी छन्। फिल्मका छायाँकार आलोक शुक्ला रहेका छन् भने प्रमुख सह–निर्देशक ललित बिष्ट हुनेछन्। त्यसै गरि फिल्मको संगीत प्रशान्त शिवाकोटीको छ भने निर्माण व्यवस्थापन दिलीप पन्तले गर्दैछन्।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया