Close sidebar

कृषाको ‘पारस’मा जसिता गुरुङको इन्ट्री

माघ १३, २०८२

निर्देशक कृषा चौलागाईँको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘पारस’का लागि अभिनेत्री जसिता गुरुङ अनुबन्धित भएकी छन्। उनलाई निर्माण पक्षले शनिबार  ‘पारस’का लागि अनुबन्ध गरेको हो।

यसअघि निर्माण पक्षले अभिनेता निखिल उप्रेतीलाई अनुबन्ध गरेको समाचार बाहिरिएको थियो। जसिताको अपोजिटमा निखिल उप्रेती हुने  चर्चा छ। तर निर्माण पक्षले आधारिक रुपमा सार्वजनिक गरेको छैन। किन फिल्मका कलाकारहरुलाई जसिताले लुकाई रहेकी छन्? यस फिल्मका अन्य कलाकारहरु को–को हुनेछन् भन्ने बारेमा निर्माण टिमले जानकारी दिएको छैन। तर यस फिल्ममा निखिल उप्रेती अनुबन्ध भएसँगै दर्शकमाझ कौतुहलता पैदा भइरहेको छ।

एक्सन तथा सामाजिक कथामा आधारित यस फिल्ममा निखिल र जसितालाई दर्शकले मन पराउने छन्। यस बाहेक अन्य कलाकार को–को हुनेछन्? त्यो भने निर्माण पक्षले बिस्तारै जानकारी दिने नै छ होला? तर निखिल र जसिताको जोडीले दर्शकमाझ फरक टेष्ट भने पक्कै दिनेछ।
दुवै पक्षबीच फिल्मका लागि कागजी सम्झौता भएको निर्देशक चौलागाईँले बताईन्। उनले भनिन्,‘फिल्मको कथा अनुसार नै कलाकार फाइनल गर्दै लगेका छौँ।’

केपी फिल्म्सको व्यानरमा निर्माण हुने यस फिल्मलाई भारतीय पटकथाकार सचिन लादियाले लेखेका छन्। यस फिल्मलाई चर्चित छायांकार (डीओपी) पुरुषोत्तम प्रधानले गर्नेछन्। यसअघि कृषाले ‘ऐचो पैचो’ र ‘पिताम्बर’ निर्देशन गरिसकेकी छन् भने उनको निर्देशकिय यो फिल्म तेस्रो हुनेछ। फिल्मको सुटिङ आगामी फागुनबाट फ्लोरमा जाने निर्माण पक्षको तयारी छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया