Close sidebar

सुशील,अञ्जना अभिनित चलचित्र ‘परिवर्तन’को अग्रिम बुकिङ ओपन, देशैभर कति पायो शो ?

माघ ९, २०८२

यहि माघ ९ गते अर्थात शुक्रबारबाट प्रदर्शनमा आउने एक्सन फिल्म ‘परिवर्तन’को बुकिङ खुला भएको छ। देशभरका हलहरूले अग्रिम बुकिङ खुला गरेका हुन् । केही हलले भने प्रि–बुकिङ खोल्न बाँकी छ ।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले यो फिल्मलाई काठमाडौ र बाहिर गरेर ३२ शो प्रदान गरेको छ । देशकै दोस्रो ठूलो चेन आईएनआईले १५ शो उपलब्ध गराएको छ । वान सिनेमाले ९, एफक्यूबले ४ र विग मुभिजले ३ शो बुकिङ खुलाएको छ । यो समाचार तयार पार्दासम्म  ‘परिवर्तन’ फिल्मले देशभरबाट १०० भन्दा बढी शो पाएको छ भने अझै केही हलले बुकिङ खुलाउन बाँकी छ ।

यो फिल्मको पछिल्लो समय गीतका साथै ट्रेलर चर्चामा रहेको छ। फिल्ममा समावेश गीत ‘पाकेको चिउरी’दर्शकमाझ असाध्यै लोकप्रिय बनेको छ भने यसको ट्रेलरलाई दर्शकले छोटो समयमा नै ११ लाखभन्दा बढि दर्शकले हेरेका थिए।

फिल्ममा सुशील श्रेष्ठ,अञ्जना बराईली,सरोज खनाल, करिश्मा मानन्धर,बुद्धि तामाङ,हेमन्त बुढाथोकी,सुवास मेचेको मुख्य भुमिका रहेको छ।
दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘परिवर्तन’लाई दीपक सिवाकोटीले निर्माण गरेका हुन्। निर्माता सिवाकोटीकै कथा रहेको यस फिल्मको पटकथा तथा संवाद भने शिवम् अधिकारीले लेखेका छन्।

एक्सन–सस्पेन्स विधामा निर्माण गरिएको यस फिल्ममा बन्दे प्रसादको सम्पादन,रामजी लामिछानेको कोरियोग्राफी रहेको छ भने एसडी योगीको संगीत सुन्न सकिन्छ। यस फिल्ममा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन दर्शकले हेर्न पाउने छन्। पछिल्लो समय उनी द्धन्द्ध निर्देशनमा निकै चर्चामा रहेका छन्। उनको तारिफ हुँदै आएका छन्। फिल्मलाई आर आर फिल्मस्ले वितरण गरेको हो भने ओएसआर डिजिटलले सहकार्य गरेको छ। फिल्म यही माघ ९ गते अर्थात शुक्रबारबाट अल नेपाल प्रदर्शनमा आउदैछ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया