Close sidebar

चलचित्र ‘पेन्सन पट्टा’को छायांकन ३३ दिनमा प्याकअप

माघ ८, २०८२

चरित्र अभिनेता माओत्से गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘पेन्सन पट्टा’को सम्पुर्ण छायांकन प्याकअप भएको छ । मंगलबार कास्कीस्थित एक रिसोर्टमा ३३ दिनमा सिनेमाको इन्डक्लयाप गरिएको हो । यी दिनमा गाह्रो अफ्ठरो नभनी रात दिन छायांकनमा खट्ने सम्पुर्ण सहयोगी प्राविधिकलाई आभार प्रकट गर्दै निर्देशक गुरुङले छायांकन सकिएको जानकारी दिए ।

हालसम्म सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको छैन् । ‘अबको केही दिनमा पोष्ट प्रोडक्सनको काम सुरु हुनेछ । त्यसमा कति समय लाग्छ । सोही अनुसार हामी सिनेमाको रिलिज मिति घोषणा गनेछौं,’ निर्देशक गुरुङले अगाडी भने, ‘हामी दर्शकलाई एक सुन्दर सिनेमा देखाउन चाहान्छौं । सोही अनुरुप कुनैपनि कम्प्रमाइज नगरी काम गर्दा कति समय लाग्छ हेरम ।’

गुरुङ सिनेमाका ‘गडफादर’का रुपमा परिचित माओत्से गुरुङको पनि लगानी रहने सिनेमामा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, सुनिल थापा, राज थापा काउछा, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली राई लगायतका कालाकारको अभिनय रहेको छ ।

यो सिनेमाको शिर्षकबाट भूतपूर्व लाहुरेको कथा जस्तो लागेपनि लोभी केटा कसरी दानी बन्छ भन्ने देखाउने निर्देशक तथा निर्माता गुरुङ बताँछन् । माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमाको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन् ।

मीन कोन्मे गुरुङ (सिकलेस), भोज बहादुर गुरुङ (युके) र सपना गुरुङको लगानी रहने सिनेमाका प्रोडक्सन म्यानेजरमा डिबी गुरुङ हुन् । सुशन प्रजापतिले खिच्ने सिनेमाको कास्टिङ डिरेक्टर सुरज तमु र संगीत झुमा लिम्बु, मनोज थापा मगर र शिव बराइलीले तयार पारिरहेका छन् ।

निर्देशक माओत्से गुरुङको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘दयारानी’ बक्सअफिसमा हिट भएको थियो । चरित्र अभिनेतामा पहिलो रोजाइका कलाकारसमेत रहेका उनी पछिल्लो समय लेखन तथा निर्देशनमा पनि सक्रिय हुन थालेका छन् । उनले यसअघि गुरुङ भाषाका सिनेमा निर्देशन गर्दै आएका थिए । माओत्से कलाकार तथा निर्देशकसँगै निर्माता पनि हुन् ।

यो सिनेमालाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्नेछ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया