Close sidebar

चलचित्र ‘आ बाट आमा’को गीत “लैजा खबर ए हावा” नेवारी भर्सनमा

पुस २५, २०८२

आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’को ‘लैजा खबर ए हावा’बोलको गीत नेवारी भर्सनको गीत रिलिज भएको छ। निर्माण टिमले बिहिबार नेवारी भर्सनको गीतलाई ओएसआर युटुब च्यानलमार्फत रिलिज गरेको हो। नेवारी भर्सनको गीतमा गायक तथा कलाकार यमन श्रेष्ठले गाएका छन्। यो गीतलाई युटुबमा अपलोड हुने बितिक्कै गीतले सकरात्मक प्रतिक्रिया पाएको छ।

केहि दिनअघि रवि ओड गाएको ओर्जिनलग ीत ‘लैजा खबर ए हावा ’लाई दर्शकले अत्यधिक रुचाएका छन्। नेवारी भाषामा यहि गीत गाएका यमनले नेवाली भर्सनमा गाउँदा आफु निकै खुशी भएको बताए। बाबुल गिरीको शब्द संगीत रहेको यो गीतलाई नेवारी भाषामा कलाकार मदन कृष्ण श्रेष्ठले ट्रान्सलेट गरेका हुन्।
निर्देशक चन्द्र पन्तले फिल्ममा नेपालीका अलवा नेवारी भाषामा गीत रेकर्ड गरिएको र स्रोता दर्शकले मन पराउनेमा आफु ढुक्क रहेको बताए। उनी नेपाली र नेवारी भाषा बाहेक अन्य भाषामा पनि यो गीत रेकर्ड गर्ने बिचारमा छन्।

आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यसमा फिल्म विपना थापा,पल शाहका अलवा प्रदीप रावत,उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीलगायत कलाकारको मुख्य भूमिका रहेको छ। यतिबेला यो फिल्मलाई व्यापक प्रचारप्रसारमा अभिनेता पल शाह,विपना थापा सहित अन्य निर्माण टिम लागि परेका छन्।

निर्देशक पन्तकै कथा तथा पटकथामा बनेको यस फिल्ममा संगीत कोशिस क्षेत्री,बाबुल गिरी र थानेश्वर गौतमको छ। साथै फिल्मको गीतको भिडियोमा कोरियोग्राफी गंभीर बिष्ट र दिलिप ओखेडाले गरेका छन्।

नवराज उप्रेतीको डिओपी रहेको यस फिल्ममा अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन्। फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माता रहेका छन्।

फिल्मको सम्पादनको काम मिलन श्रेष्ठको छ भने ट्रेलर र टिजर साहिल खानले निर्माण गरेका छन्। यो फिल्मलाई नेपालमा फिल्मको प्रदर्शन अधिकार आरआर फिल्म्सले गर्दैछ भने डिजिटल अधिकार ओएसआर डिजिटलको छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया