Close sidebar

सकियो सौगात र सिम्रनको ‘बब डाई’को छायांकन

पुस १८, २०८२

सौगात मल्ल र सिम्रन पन्तको मुख्य भूमिका रहेको चलचित्र ‘बब डाई’को ४२ औं दिनमा छायांकन सकिएको छ । काठमाडौंको चन्द्रागिरी र किर्तिपुर नगरपालिका भित्रका स्थानहरुमै सम्पुर्ण छायांकन सकिएको चलचित्रका निर्देशक प्रवीण श्रेष्ठले जानकारी दिए ।

प्रविणका अनुसार निर्माण टिम अब प्रोस्ट प्रोडक्सनमा लागेको छ । दुईगीत बाहेक स्क्रिप्टका दृश्यका सम्पुर्ण छायांकन सकिएको निर्देशक श्रेष्ठले बताएका छन् । गीतको छायांकन केहिसाता पछि गरिनेछ ।

रोटेपिङ्ग इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्मस्को सहकार्यमा निर्माण हुने यो चलचित्रमा किर्तिपुरको एक युवाको कथा छ । अभिनेता सौगातले बब डाईको भूमिका निभाएका छन्  निर्देशक श्रेष्ठका अनुसार नेवारी भाषामा दाईलाई डाई भनिने भएकाले फिल्मको नाम बब डाई राखिएको हो । चलचित्र कमेडी जनरामा निर्माण गरिएको छ । तर चलचित्रमा कमेडीसँग धेरै कुरा पाउन सकिने निर्देशक श्रेष्ठ बताउँछन् ।

चलचित्र सौगात र सिम्रनको साथमा सन्तोष पन्त, विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, गीता अधिकारी, भिन्तुना जोशी, नितेश तन्डुकार, मनोज महर्जन, कमल देवकोटा, उत्तमराज पाण्डे, रजिन महर्जन, मनोज महर्जन र बालकलाकार अग्रिम पण्डितको अभिनय रहेको छ ।

चलचित्रमा मैनिषा गौचन र प्रबिन श्रेष्ठको कथा रहेको छ । चलचित्रको एसोसिएट निर्देशक दिनेश बहादुर राउत हुन् भने मुख्य सहायक निर्देशक तर्कराज न्यौपाने हुन् ।

चलचित्रलाई श्याम तामाङको टिमले खिच्दै छ भने निर्देशक प्रबिन श्रेष्ठले नै सम्पादन गर्नेछन् । चलचित्रको प्रोडक्सन हेड र कास्टिङ डिरेक्टर नृपेश रुपाखेती हुन् । पोस्टर डिजाइन रोयल भिमसेनको रहेको छ । स्वस्तिका श्रेष्ठको श्रृंगार रहेको चलचित्रमा कोरियोग्राफी किरण थापा र सृष्टि महर्जनको छ । एक्सन शंकर महर्जनको रहेको छ भने आर्ट डिरेक्टर घनश्याम श्रेष्ठ हुन् ।

चलचित्रमा राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धर निर्माता हुन् भने रबिन्द्र प्रजापती कार्यकारी निर्माता हुन् । चलचित्रको प्रदर्शन मिति तोकिएको छैन ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया