Close sidebar

दास्रो हप्तामा ‘झरीपछिको इन्द्रेणी’, रोजमानको स्वरमा ‘धन्य धन्य लोकेश्वर’ सार्वजनिक

पुस ११, २०८२
गत पौष ४ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘झरीपछिको इन्द्रेणी’ आजबाट दास्रो हप्तामा प्रवेश गरेको छ । यो सिनेमा प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेसँगै निर्माण टिमले सुपरस्टार नेवारी गायक रोजमान महर्जनको स्वरमा भजन गीत ‘धन्य धन्य लोकेश्वर’ सार्वजनिक गरिएको हो ।

दर्शकबाट ‘उत्कृष्ट वर्डअफ माउथ’ पाइरहेको सिनेमाले दोस्रो हप्तामा पनि व्यापारमा बढोत्तरी हुने विश्वास निर्माण टिमलाई छ । पहिलो हप्ता उत्साहजनक रह्यो दोस्रो हप्ता अझै उत्साहपूर्ण हुने अपेक्षा डेव्यु निर्देशक अर्जुन घिमिरे ‘पाँडे’को छ । हामीले दर्शकलाई मनारञ्जन दिनेभन्दा पनि सन्देश मुलुक सिनेमा देखाउने सपाना सफल भएको दाबी निर्माण टिमको छ ।

आध्यात्मिक भाव समेटिएको शुक्रबार सार्वजनिक भजन गीतमा गायक रोजमान महर्जनसहित महिला स्वर रत्न शोभा महर्जन र दीपा महर्जनको तथा संगीत संयोजन सुरेन्द्र श्रेष्ठको छ । यो सिनेमाबाट अभिनेता गणेश उप्रेतीले ९ वर्षपछि दमदार कमव्याक गरेका छन् । उनले अघिल्लो पुस्ताका दर्शकलाई सिनेमाप्रति आकर्षित गरिरहेको छ ।

सिनेमामा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियना आचार्य (मुन्नी) लगायतको अभिनय छ । सिनेमाको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा पनि विशेष भूमिकामा देखिनेछन् ।

निर्देशक घिमिरे स्वयंको कथा रहेको यो सिनेमाबाट विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गरेका छन् । डेव्यु अभिनेता विमोचनको अभिनयको समेत दर्शक निकै तारिफ गरिहेका छन् । जेसिका अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाकी बहिनीकी छोरी हुन् । बाल कलाकारमा दिप्सन चिलवालको पनि अभिनय रहेको छ ।

सिनेमाको पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन् । अनिशा सेन्दाङ लिम्बू निर्मात्री रहेको सिनेमाका छायाँकार बुद्ध थापा हुन् ।

नागराज इन्टरटेनमेन्ट प्रालीको व्यानरमा निर्माण भएको सिनेमाले देशको राजनीतिक अस्थिरता, त्यसले जनतामा पारेको प्रभाव, र नयाँ पुस्ताको आकांक्षा र आक्रोशलाई मुख्य कथावस्तु बनाइएको छ । एक इमानदार कर्मचारी र बाबुको संघर्षको कथा पनि सिनेमाले पेश गर्नेछ ।

सिनेमामा अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की सह-निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल छन् ।

https://youtu.be/2VoBZyrKR-s?si=Xkkvx3p77XtHQfta

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया