Close sidebar

‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज,अधिकांश सकरात्मक प्रतिक्रिया

मंसिर २६, २०८२
चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’को टिजरले २ दिनमै वान मिलियन भ्युज कटाउन सफल भएको छ। युटुबमा रिलिज भएको छोटो समयमा नै ११ लाख भ्युज कटाएको हो। यो समाचार तयार पर्दासम्मको समयमा हो।

त्यसैगरि ५२ हजार लाइक दर्शकले यस टिजरलाई गरेका छन् भने २१ सय भन्दा बढिले कमेन्ट गर्दै फिल्मको प्रतिक्षामा रहेको प्रतिक्रिया दिएका छन्। युटुबमा कमेन्टकर्ता आशिष मल्ल ठकुरीले यो टिजरलाई एक सय ३ पटक हेर्दा पनि आफ्नो मन नभरिएको प्रतिक्रिया दिएका छन्। उनी लेख्छन्,‘ १०३ सय चोटी हेरिसकेँ। म नै भरिएन । अब सिधै फिल्म हेर्ने छु । पल शाहको अभिनय यति उत्कृष्ट छ कि बयान गर्न सकिन्न।’

अर्का कमेन्टकर्ता सुरज थापाले अभिनेत्री विपना थापाको जतिकै अभिनय गर्न कसैले नसक्ने दाबी गरेका छन्। उनी लेख्छन्,‘ बिपना थापा इज बेष्ट बिपना थापा । कसैले सक्छ त विपना थापा जतिको राम्रो अभिनय गर्न?’
धेरैले ‘आ बाट आमा’नाम नै काफी भएको प्रतिक्रिया दिएका छन्। यो प्रतिक्रियाबाट निर्माण पक्ष पनि निकै उत्साहित देखिएका छन्। परदेशिन लागेको छोराप्रति आमाबुबाको मनमा कस्तो हुन्छ भन्ने भाव फिल्मको टिजरले झल्काएको छ। धेरै नेपालीको कथा बोलेको हुनाले पनि यो फिल्मको टिजरलाई छोटो समयमा नै दर्शकले असाध्यै माया गरेका हुन्।
छोटो समयमा नै फिल्मको टिजरले युटुबमा यति धेरै भ्युज पाएको सम्भवत पहिलो हो। टिजरमा विदेशिन लागेको छोराप्रति अभिनेत्री विपना थापा र प्रदीप रावतको कारुणिक रुवाईलाई दर्शकले मन भकानिन्छ।
चितवन,काठमाडौं लगायत विभिन्न स्थानमा खिचिएको यस फिल्ममा पल शाह,प्रदीप रावत,विपना थापा, गजित बिष्ट,साइग्रेस पोखरेल,सिम्रन पन्त,उषा उप्रेती लगायतले मुख्य भुमिकामा अभिनय गरेका छन्। आमा र सन्तानबीचको माया ममता तथा स्नेहको कथालाई फिल्मले बोल्ने छ।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मको डिओपीमा नवराज उप्रेती रहेका छन्। फिल्मको संगीतमा कोशिस क्षेत्री,बाबुल गिरी,थानेश्वर गौतम,रहेका छन्।
यस फिल्मको वितरण  आरआर फिल्म्सले गर्दैछ  भने यो फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ। फिल्म आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउँदैछ।

https://youtu.be/S5_sO_UMn9Y

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया