Close sidebar

‘आ बाट आमा’को टिजरमा परदेशिन लागेको छोरा रोक्ने आमाको कोशिस

मंसिर २५, २०८२
आर्या इन्टरटेन्मेन्ट प्रा.लिको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘आ बाट आमा’को टिजर सार्वजनिक भएको छ । सोमबार निर्माण टिमले ओएसआरको युटुब च्यानलमार्फत ट्रेलर रिलिज गरेको हो।
सार्वजनिक टिजरमा परदेशिन लागेका छोरालाई बुबाआमाको माया कतिसम्मको हुन्छ भन्ने यर्थात कथालाई प्रस्तुत गरिएको छ।  टिजरमा अभिनेता पल शाह सिरानीमाथी पासपोर्ट राखेका छन् भने उनका बुबा प्रदीप रावत र आमा विपना थापा रातभरि रोएर बसेका छन्। छोराको बिदाई गर्नुअघि बुबा आमालाई अनिन्द्रो देखिन्छ। उनीहरु छोरा परदेशिन लागेको रात रोएरै उज्यालो बनाएका छन्।
फिल्मको टिजरले दर्शकलाई निकै भावुक बनाउने देखिन्छ। किनभने विपना थापा र प्रदीप रावतको अभिनयले टिजरमै भावुक बनाउन सफल भएका छन्। परदेशिन लागेको नेपाली युवाको कथालाई फिल्मको पर्दामा निर्देशन चन्द्र पन्तले पोख्न सफल भएका छन्।
आगामी माघको १६ गतेबाट रिलिज हुने यो फिल्ममा प्रदीप रावत, विपना थापा र पल शाहका अलवा सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेती, रविन्द्र झा, गजित बिष्ट, अंशु महर्जन, बेगम नेपाली लगायतले अभिनय गरेका छन्। साथै बालकलाकारमा समाइरा थापा र शान अधिकारी रहेका छन्।
निर्देशक पन्तकै कथा, पटकथा रहेको यस फिल्ममा अभिमन्यू निरवीले लेखेका हुन्। फिल्मको संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन् भने लगानी कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाश जंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाले गरेका छन्।
यस फिल्मको कार्यकारी निर्माता करण सिंह रसाइली रहेका छन्। नवराज उप्रेतीको छायांकन, गम्भीर बिष्ट र दिलिप ओखडाको कोरियोग्राफी रहेको यस फिल्मका गीतमा कोशिश क्षेत्री, थानेश्वर गौतम, बाबुल गिरी, अभी सुनारको संगीत सुन्न सकिने छ। यस फिल्मको  सम्पादन साहिल खान र मिलन श्रेष्ठले गरेका छन् भने फिल्मलाई आर आर फिल्मस्का लागि रोहित कट्टेल र रतन श्रेष्ठले वितरण गर्दैछन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया