Close sidebar

बलिउड फिल्म ‘तेरे इश्क मेँ’ को बुकिङ खुल्यो,भोलीबाट नेपालभर रिलिज हुँदै

मंसिर १२, २०८२

भोलीबाट नेपालभर रिलिज हुन लागेको बलिउड फिल्म प्रेम–ड्रामा ‘तेरे इश्क मेँ’को बुकिङ खुलेको छ। अधिकांश हलवालाले यस फिल्मको आज (बिहिबार)बाट बुकिङ खुल्ला गरेको हो।

बुकिङ खुल्ला भएसँगै फिल्मप्रतिको उत्सुकता झनै बढाएको देखिन्छ। निर्माता–निर्देशक आनन्द एल. रायको निर्देशनमा निर्माण भएको यो फिल्म नेपाल बाहेक विश्वव्यापी प्रदर्शन हुन लागेको छ।

निर्देशक आनन्द एल. रायको निर्देशनमा बनेको यो फिल्ममा धनुष र क्रिटी सेनन मुख्य भूमिकामा रहेका छन्।

प्रेम, पीडा, जोखिम र भावनात्मक द्वन्द्वको मिश्रणलाई तीव्र नाटकीय शैलीमा प्रस्तुत गरिएको यो फिल्ममा ए.आर. रहमानको संगीत रहेको छ।

टी–सिरीज र कलर यलो प्रोडक्सनको सहकार्यमा बनेको फिल्मलाई भूषण कुमार, आनन्द एल. राय, हिमांशु शर्मा र कृशन कुमारले निर्माण गरेका हुन्। यो फिल्म हिन्दी,तमिल र तलेगु भाषामा दर्शकले हेर्न पाउनेछन्।

यस फिल्मका निर्देशकले यसअघि ‘रन्जना’फिल्म निर्देशन गरेका थिए। जुन फिल्म सफल बनेको थियो।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया