Close sidebar

“किन लाग्छ माया”को फस्टलुक रिलिज, चैत्र ६ बाट हलमा

मंसिर ६, २०८२

एस एण्ड एस प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र “किन लाग्छ माया” यही आउँदो चैत्र ६ गतेबाट नेपालसहित संसारभर एकैसाथ प्रदर्शन हुने भएको छ ।

प्रदर्शन मिति तय गर्दै निर्माण पक्षले चलचित्रको पहिलो लुक सार्वजनिक गरेको हो । सार्वजनिक फस्टलुकमा फिल्मका मुख्य कलाकारहरु  सन्जीत भण्डारी, जाहन्वी बस्नेत, सेडो रियल र ऋचा थापालाई देख्न सकिन्छ ।

सन्जीत भण्डारी र मोनु खड्काको निर्माण तथा कुवेर तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा  सन्जीत भण्डारी, जाहन्वी बस्नेत, ऋचा थापा, धिरेन शाक्य, मिस पबीको नामबाट परिचित पवित्रा साकी, हिउबाला गौतम, सबिन बास्तोला, रवि डंगोल, गोपाल ढकाल, राजेन्द्र खड्की , गीता अधिकारी,निरोज खुलाल, सम्रान्त थापा, भेग पहरी, बिनोद ढकाल, रामकाजी घिमिरे, रबिन्द्र खड्का, सुनील कटुवाल, नारायण प्रधान, सुभाष गजुरेल, रमेश घिमिरे, ईश्वर दाहल, रामचन्द्र श्रेष्ठ, रूपा थापा, नेहा देव, श्री स्वस्थानी तामाङ, अनुजा भट्टराई घिमिरे, आरती बुढ़ा,रामजी लमसॉल र प्रज्ञान खड्का लगायत कलाकारहरूको अभिनय रहेको छ ।

बाल कलाकारमा आराध्या राज्यलक्ष्मी बी.सी., विनायक सुनुवार र सुरित पूढासैनीको फिल्ममा अभिनय छ । म्यूजिक भिडियोमा निरन्तर रुपमा काम गर्दै आएका कलाकार सेडो रियल यो फिल्मबाट डेब्यू गर्दैछन् ।

फिल्मको कथा सेडो रियलकै अवधारणामा आधारित छ भने फिल्मकोे पटकथा र संवाद रामकाजी घिमिरेले तयार पारेका छन् ।
यो फिल्ममा एक्शन राजेन्द्र खड्गी, छायांकन रामशरण उप्रेती, संगीत पुस्कर सुनुवार र राजेन्द्र बजगाँई, कोरियोग्राफी रामजी लामिछाने, नितिन वाइबा, अभि वाग्लेको छ भने फिल्मका सम्पादक टेकेन्द्र शाह हुन् ।

फिल्मको पोस्टर राकेश दाहालले तयार पारेका हुन् । फिल्मका निर्माण नियन्त्रक अर्जुन प्रसाद पोखरेल हुन् भने फिल्ममा रामशरण कोइरालाको मुख्य सहायक निर्देशन छ ।

यो फिल्मले दाजुभाइबीचको मित्रता, एक–अर्काप्रतिको जिम्मेवारी, त्याग, र विवाहपछि श्रीमान–श्रीमतीबीच विकसित हुने प्रेमलाई बताउनेछ । पारिवारिक तथा सामाजिक कथावस्तुमा निर्माण भएको यो फिल्मले दर्शकको मन जित्ने विश्वास गरिएको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया