Close sidebar

चलचित्र मन बिनाको धनलाई राष्ट्रिय दलित आयोगले शुभकामना,१३ दिनमा तिन करोड माथि कलेक्सन

मंसिर ५, २०८२

भोलिबाट देशभरिका सिनेमा घरमा तेस्रो सातामा प्रदर्शन हुन लागेको चलचित्र मन बिनाको धनलाई राष्ट्रिय दलित आयोगले शुभकामना व्यक्त गरेको छ। राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले बुधबार एक वक्तव्य जारीगरि चलचित्र मन बिनाको धनलाई धन्यवाद ज्ञापन गर्दै शुभकामना व्यक्त गर्नुभएको हो।

लोकप्रिय बालगायक अशोक दर्जीको मुख्य भूमिका रहेको यस चलचित्रले समाजमा व्याप्त जातिय छुवाछुत जस्ता कुप्रथाहरू विरुद्ध सकारात्मक सन्देश प्रवाह गरेको भन्दै राष्ट्रिय दलित आयोगले धन्यवाद ज्ञापन गरेको हो।

चलचित्र मनबिनाको धनले गुरु शिष्य सम्बन्ध, पारिवारिक मूल्य र कर्तव्य बोध शिक्षाको महत्व जस्ता महत्वपूर्ण सामाजिक पक्षलाई प्रभावकारी ढंगले प्रस्तुत गरेको छ। आयोगले यस चलचित्रमा सामाजिक चेतना अभिवृद्धि गर्ने क्षमता रहेको भन्दै चलचित्र निर्माण समूह तथा सम्बन्धित कलाकारहरूलाई धन्यवाद दिँदै जातीय विभेदमुक्त समाज निर्माणमा टङ्क बुढाथोकी लगायतका टिमलाई अझै सफलता मिल्दै जाओस् भन्ने शुभकामना व्यक्त गरेको छ।

नेपालसगै कतार ,युएई र बहराइनमा सफलताको साथ प्रदर्शन भईरहेको चलचित्र ‘मन बिनाको धन’ मङ्सिर १३ गतेबाट अष्ट्रेलियामा पनि रिलिज हुदैछ । नेपाली बक्स अफिसमा १३ दिनमा तिन करोड माथि कलेक्सन गरेको यस चलचित्रलाई दर्शकले मन पराएका छन् ।  चलचित्र छिट्टै साउदी अरब ,कोरिया लागतको ठाउमा समेत प्रदर्शनमा आउदै छ ।

राजधानी तथा राजधानी बाहिरा अशोक दर्जी सहित चलचित्रका कलाकारलाई भेट्दा दर्शक रुँदै अँगालो हालेको दृश्य देखिएको छ । दर्शकले अशोकलाई अँगालो हालेर रोएका भिडियो पनि सामाजिक सञ्जालमा भाइरल छन् ।सर्लाहीमा चलचित्रका कलाकार अशोक दर्जी र नायक रमेश विश्वकर्मा पुग्दा पन्चे बाजा बजाएर स्वागत गरिएको थियो । कलाकारहरुलाई दुबोको माया सहित फिल्म हलमा लगिएको थियो ।

चलचित्र अशोक दर्जी ,सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा,बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा,पार्वती अधिकारी , उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा,बिना राउत, ए.आर बुढाथोकी,बाबु पराजुली,रक्षा श्रेष्ठ,प्रियंका झा,विनय अधिकारी,आर्यन पोखरेल,विजय डंगोल लगायतका कलाकारको अभिनय रहेको छ।

टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘मन बिनाको धन’को कथा बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा फिल्मको निर्माण विष्णुमाया मैनालीले गरेकी हुन् भने कार्यकारी निर्मातामा मिनु शर्मा ( सपना) रहेकी छिन् । यस्तै जी.पी संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे सहनिर्मातामा रहेका छन् । टिकाराम बुढाथोकी चलचित्रका क्रियटिभ निर्देशक हुन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया