Close sidebar

‘चुना लायर’ बोलको म्युजिक भिडियो सार्वजनिक, इशा परियारको आकर्षक नृत्य

अशोज ९, २०८२

सिम्रन परियारको स्वरमा समावेश ‘चुना लायर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । दिनेश सुवेदीको शब्द रहेको यो गीतमा बाबुल गिरीको संगीत छ ।

गीतको भिडियोमा मोडल इशा परियारले नृत्य गरेकी छिन् । लामो समयदेखि मोडलिङ क्षेत्रमा सक्रिय इशाले यो गीतको भिडियोमा आकर्षक नृत्य गरेकी छिन् ।
उनले, यसअघि नायक पल शाहसँग ‘डार्लिङ डार्लिङ’ बोलको गीतको भिडियोमा पनि काम गरिसकेकी छिन् । साथै, इशाले एक दर्जन बढी भिडियोमा पनि नृत्य गरेकी छिन् । यो भिडियोमा उनको मिहिनेत प्रष्ट झल्किएको छ ।

भिडियोमा उनको साथमा विशाल कैनी, रमेश अधिकारी, रमेश वुढाथोकी र दीपेन्द्र कुँवरको पनि अभिनय हेर्न सकिन्छ । विशाल कैनीको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा मिलन विश्वकर्माको सम्पादन, नवराज उप्रेतीको छायांकन छ । भिडियोमा एक युवतीको बदलाको कथा पनि समेटिएको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया