Close sidebar

नेवारी स्टार गायक रोजमन महर्जनले पहिलो पटक नेपाली फिल्ममा गीत गाउने

भदौ १८, २०८२

अर्जुन घिमिरेको निर्देशनमा तयार भइरहेको बहुचर्चित नेपाली चलचित्र ‘झरीपछि को इन्द्रेणी’ को गीत ‘धन्य धन्य लोकेश्वर’ हालै रेकर्ड गरिएको छ। नेवारी गीत ‘ऐला लुवया’” सालगु गाचा ” बाट चर्चित गायक रोज मान महर्जन र गायिका रत्न शोभा महर्जनको सुमधुर स्वरमा सजिएको यस गीतले नेपाली भक्ति संगीतमा एक नयाँ स्वाद थपेको छ।

गीतको संगीत संयोजन (Music Arrangement) सुरेन्द्र श्रेष्ठले गरेका छन्। बाँसुरीमा रुबिन श्रेष्ठ, खिन/मादलमा लक्ष्मी डंगोल, सितारमा राजीव श्रेष्ठ, र गिटारमा पुनः सुरेन्द्र श्रेष्ठकै प्रस्तुति रहेको छ। गीतको मिक्सिङ र मास्टरिङ पनि सुरेन्द्र श्रेष्ठले गरेका हुन् भने रेकर्डिङ सुर मेलोडी रेकर्डिङ स्टुडियोमा गरिएको हो। ‘धन्य धन्य लोकेश्वर’ गीतले नेपाली मौलिक बाजा, भक्ति भावना र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै चलचित्रको भावनात्मक गहिराइ थपेको निर्देशक घिमिरेले बताएका छन्।

यस चलचित्रमा बालेनको एउटा विशेष गीत पनि समावेश गरिएको छ, जसले युवापुस्तामाझ उत्साह थप्ने विश्वास गरिएको छ। त्यस्तै, लोकप्रिय गायिका समीक्षा अधिकारीको स्वरमा रहेको अर्को गीत समेत चलचित्रमा सुन्न पाइनेछ, जसले चलचित्रको संगीत पक्षलाई अझ बलियो बनाएको छ।

सामाजिक सन्देश, आध्यात्मिक दृष्टिकोण र सांगीतिक समृद्धिको संयोजन भएको यस चलचित्रप्रति देश-विदेशमा चासो बढिरहेको छ। यसै क्रममा चलचित्रको अस्ट्रेलियाको वितरण अधिकार (Australian Rights) पहिले नै बिक्री भइसकेको निर्माण पक्षले जानकारी दिएको छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया