Close sidebar

चलचित्र ‘कोशेढुंगा’आजबाट प्रदर्शनमा

भदौ १२, २०८२

चलचित्र ‘कोशेढुंगा’आजबाट प्रदर्शनमा आएको छ। हिजो बुधबार गरिएको प्रिमियरमा तारिफ बटुलेको चलचित्र सन्तोषजनक शो सहित आजबाट प्रदर्शनमा आएको हो। सामाजिक कथा,वैदेशिक रोजगारीमा गएको व्यक्ति कसरी बिनाअपराध अपराधी करार हुन्छ । र,त्यसको असर उसको परिवारमा कस्तो पर्छ भन्ने कथा चलचित्रले बोकेको छ।

चलचित्रमा समाबेश भएको एक गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ बोलको गीत अहैले चर्चामा छ। नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्र ‘कोशेढुंगा’मा अभिनेत्री सुरक्षा पन्त, मन्जिल कुमार, आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, लोकमणि सापकोटा, हिउवाला गौतम, सिर्जना अधिकारी, शेखर चापागाई, दिनेश काफ्ले, सिरु विष्ट, स्नेहा जोशी, सुबलमणि सापकोटा, सविता रेग्मीलगायतको अभिनय रहेको छ ।

सरोज पौडेलले निर्देशन गरेको यो चलचित्रको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् । कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठले छायांकन गरेको यो चलचित्रलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका छन् । यस चलचित्रको गीतमा रिदम कँडेल र आशिष अविरलको संगीत छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया