Close sidebar

‘माइतीघर’को शिर्ष गीतलाई ५० लाख खर्च

भदौ ६, २०८२

मिलन तामाङको निर्देशनमा तयार भएको चलचित्र ‘माइतीघर’को प्रचार व्यापाक भएसंगै यसको शीर्ष गीतको छायांकन सकिएको छ। यो गीतका लागि ११ दिन लगाएर छायांकन गरिएको निर्माता अधिकारीले बताएका छन् ।

आगामी असोजको १३ गतेबाट रिलिजमा आउन लागेको यो गीतको छायांकन बागलुङमा पनि गरिएको थियो । तर, निर्माणपक्षले त्यो बेला खिचिएका कुनै पनि दृश्य समावेश नगरेर सबै नयाँ शैलीमा खिचिएको बुझिएको छ । भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

यो गीतको भिडीयो खिच्न मात्रै झण्डै ५० लाख खर्च भएको निर्माता अधिकारीको बताउछन् । गीतको भिडियोमा मुख्य कलाकारहरू उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाले नृत्य गरेका छन् । गीतको भिडियोमा ११ जनै कोरसको जम्बो टोलीलाई नचाइएको छ । यसकारण पनि लागत बढेको निर्माणपक्षको भनाई छ ।

रोहित अधिकारी फिल्मस्को व्यानरमा निर्माण भएको एउटा ऐतिहासिक गीत भएका कारण पनि भिडियो मेकिङमा कुनै संझौता नगरिएको निर्माताको दाबी छ । आउँदो साता यो गीतको भिडीयो सार्वजनिक गर्ने तयारी गरिएको छ । निर्माणपक्षले यो गीतमा ४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडियो बनाउने मध्ये एक जना उत्कृष्टलाई ५ लाख पुरस्कार दिने घोषणा समेत गरिसकेको छ । यो गीतमा भारतीय गायिका सञ्जिवनीको स्वर छ ।

चन्द्रकुमार दोङको कथा, रामशरण पाठकको पटकथा तथा संवाद, सुशन प्रजापतिको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन, रविन शेरचन र धिरज तामाङको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन् । चलचित्रमा केदार प्रसाद घिमिरे, प्रकाश सपुत, धिरज मगर, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारहरुको अभिनय छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया