Close sidebar

‘मैझारो’मा दयाहाङ राईको इन्ट्री,सुटिङस्थलबाट बाहिरियो यस्तो लुक्स

भदौ ३, २०८२

फिल्म ‘मैझारो’को सुटिङ सेटबाट अभिनेता दयाहाङ राईको लुक्स बाहिरिएको छ। फिल्मको छायांकन अन्तिम चरणमा पुगेको बेला उनी लिम्बू समुदायको भेषमा एक हातले तिर हान्दै गरेको लुक्स बाहिरिएको हो। निर्माण पक्षले उनको भुमिका बारे केहि खुलाएका छैनन्। यसअघि यो फिल्ममा उनी हुने नहुने बारेमा निर्माण पक्षले केहि खुलाएका थिएनन। अन्तत उनी यो फिल्ममा अनुबन्ध भएको बुझिन्छ।

फिल्मका निर्देशक विल्सन बिक्रम राईले दर्शकलाई सरप्राइज दिएका छन्। यो फिल्मको साउनको पहिलो हप्ताबाट इलामबाट छायांकन सुरु गर्दा मौलिक प्रेम कथामा आधारित यो फिल्ममा धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभय राज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका रहने भनिएको थियो। तर दयाहाङ हुने नहुने निर्माण पक्षले स्पष्ट पारेको थिएन। अन्तत दया पनि यो फिल्मको मुख्य भुमिकामा देखिने भएका छन्।

निर्माण पक्षले फिल्मको छायांकन पनि अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। निर्देशक राईकै कथामा निर्माण भइरहेको यो फिल्मको छायांकन नेपालको पूर्वीको इलामका देउमाई नगरपालिका, पानीटार, जितपुर, साखेजुङ हुँदै पाँचथरका रमणीय स्थलहरूमा भएका छन्। विल्सन बिक्रमकै फिल्मको कथा र पटकथामा निर्माण भएको यो फिल्ममा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहेको छ भने गायनमा राजेश पायल राई,झुमा लिम्बू ,मेलिना राई, अस्मिता अधिकारी लगायतको स्वर सुन्न पाइनेछ। सौरभ लामाले छायांकन गरेका फिल्मको वितरण आरआर फिल्मले गर्दैछ र डिजिटल अधिकार ओएसआरले लिएको छ। फिल्म ‘तक्मे प्रोडक्सन’को ब्यानरमा निर्माण भइरहेको रहेको हो।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया