Close sidebar

दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएपछि भावुक बने पल

साउन २४, २०८२

दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएपछि भावुक बने पल, नीतिको तारिफ
फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको फिल्म ‘मोहर’ आजबाट रिलिजमा आएको छ । फिल्म रिलिज भएसँगै दर्शकको बलियो वर्ड अफ माउथ पाइरहेको छ ।

आज बिहानैबाट औषत अकुपेन्सीमा व्यापार गरिरहेको यो फिल्मले दर्शकको बलियो वर्ड अफ माउथ पाएपछि व्यापार बढ्नेमा वितकर करण श्रेष्ठ आशावादी देखिएका छन् ।

 

चुम्बन जंग शाही निर्माता रहेको फिल्ममा ओम प्रतिकको लेखन तथा निर्देशन छ । यो फिल्मको कथावस्तु, पल, बेनिशा र नीतिबिचको प्रेमको पटकथा, देउकी प्रथाको विषयलाई दर्शकले मन पराएका छन् ।
आज बिहान आयोजित फिल्मको विशेष शोमा फिल्म हेरेका अधिकांश पत्रकार र दर्शकले पनि ‘मोहर’ अपेक्षा गरेको भन्दा धेरै राम्रो बनेको बताए ।

दर्शकबाट फिल्मलाई लिएर उत्कृष्ट प्रतिक्रिया आएपछि नायक पल शाह भावुक देखिए । काठमाडौंको बीग मुभिजमा पुगेका पल आफू बोल्न नसक्ने अवस्थामा रहेको सुनाए । पलले भने–‘अहिले म बोल्न सकिरहेको छैन । एउटा कलाकारका लागि निर्देशक र टिम बलियो भयो भने उसले काम देखाउन सक्छ । यसपटक हामीले निकै मिहिनेत पनि गरेका थियौं । दर्शकको प्रतिक्रियाबाट मिहिनेत सफल भएको भन्ने लागेको छ ।’

यता, नायिका नीति शाह पनि भावुक देखिइन् । नीतिको यसअगाडिका फिल्ममा कामको आलोचना भएपनि यो फिल्ममा भने प्रशंसा भइरहेको छ । नीतिले आफूले यही क्षेत्रमा केही गर्न चाहेकाले मिहिनेत गर्नुपर्छ भन्ने सोचेको बताइन् ।

फिल्म ‘मोहर’को व्यापार भोलिका दिनमा बढ्नेमा विश्वस्त छन्, निर्माता चुम्बन जंग शाही । यता, नायिका बेनिशा हमालको पनि कामको प्रशंसा भइरहेको छ । बेनिशा पनि दर्शकबाट पाएको प्रतिक्रियाले आफू भावुक बनेको सुनाइन् ।

फिल्म ‘मोहर’ले देउकी प्रथाको कथालाई मुख्य आधार बनाएको छ । तर, पल, बेनिशा र नीतिको त्रिपक्षिय प्रेमले दर्शकलाई बाँधेर राख्ने पक्का देखिएको छ ।

फिल्मको बलियो वर्ड अफ माउथले व्यापार बढ्ने विश्वास निर्माणपक्षको छ । यो फिल्ममा पल शाह, नीति शाह, वेनिशा हमाल, अर्जुन जंग शाही, लक्ष्मी गिरी, मिथिला शर्मा, रवीन्द्र झा, सारा शर्मा लगायतका कलाकारहरुको अभिनय छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया