Close sidebar

‘मोहर’लाई ‘पीजी’ सर्टिफिकेट, देश दौडामामा पल शाह

साउन २०, २०८२
‘मोहर’लाई ‘पीजी’ सर्टिफिकेट, देश दौडामामा पल शाह
शुक्रबार अर्थात साउनको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को प्रचारप्रसारमा नायक पल शाह दौडिरहेका छन् । नायक शाह फिल्मको प्रचारका क्रममा चितवन पुगेका छन् । चितवनमा आयोजना भएका विभिन्न कार्यक्रममा उनी सहभागी भए । उनले, चितवनको म्याङ्गो हल, पर्सामा आयोजित एक कार्यक्रममा दर्शकहरुसँग साक्षात्कार गरे । फिल्मको गीतमा समेत पल र दर्शक नृत्य गरेका थिए ।
नायक शाह र गायक थानेश्वर गौतमले चितवनका दर्शकसँग फिल्म हेर्न आग्रह गरेका थिए । दर्शकहरुले पनि फिल्मको ट्रेलर र गीतसंगीतले प्रभावित बनाएको भन्दै आफूहरु ‘मोहर’का लागि उत्साहित भएको प्रतिक्रिया दिएका थिए । पलले दर्शकहरुसँग बसेर ‘मोहर सफलताको केक’ समेत काटेका थिए । चितवनका दर्शकसँग साक्षात्कार गरेका पलले आज पोखरामा आयोजना हुने कार्यक्रममा दर्शकसँग भेटघाट गर्नेछन् । पोखरामा पनि पलले फिल्मको गीतमा दर्शकसँग नृत्य गर्नेछन् ।
फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको यो फिल्मलाई ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार पारिएको हो । फिल्मका निर्माता चुम्बन जंग शाही हुन् ।
यो फिल्ममा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुन जंग शाही, लक्ष्मी गिरी, सारा शर्मा, रवीन्द्र झा लगायतका कलाकारहरुको अभिनय छ ।
देउकी प्रथाको कथामा आधारित यो फिल्मको सेन्सर समेत भएको छ । चलचित्र सेन्सर बोर्डले यो फिल्मलाई ‘पीजी सर्टिफिकेट’ दिएको छ । अब, यो फिल्म हेर्नका लागि १६ वर्ष मुनीका बालबालिकाले बाबुआमाको साथमा हल पुग्नुपर्नेछ ।
यो फिल्मको प्रचार सामाग्रीले दर्शकको माया पाइरहेका कारण बक्स अफिसमा फिल्मले सुखद ओपनिङ गर्ने विश्वास गरिएको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया