Close sidebar

रहस्य, अपराध र प्रतिशोधले भरिएको चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को तेस्रो पोस्टर सार्वजनिक

साउन १६, २०८२

बहुप्रतीक्षित चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को तेस्रो पोस्टर सार्वजनिक भएको छ। रहस्य, अपराध र प्रतिशोधले भरिएको चलचित्रको पोस्टरमा देखिएको मुख्य पात्रको रहस्यमय हाँसो र गम्भीर पात्रहरूको उपस्थितिले दर्शकहरूमा कौतूहलता थपेको छ। यसले समाजको गहिरो यथार्थ र मानव भावनाको जटिलता प्रस्तुत गर्ने प्रयास गरेको देखिन्छ। पोस्टरमा मुख्य पात्रको डर लाग्दो हाँसोले चलचित्रमा हुने गहन द्वन्द्व र रहस्यको झल्को दिएको छ।

चलचित्र अभिमन्यु एक पात्र मात्र नभई प्रतिरोध र न्यायको प्रतीक बन्ने तयारीमा छ।

चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ भदौ २७ गते रिलिज हुँदैछ । हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुने निर्माण पक्षले जनाएको छ । हिन्दी भर्सन पनि वल्र्डवाइड रिलिज हुने निर्माता विनोद पौडेलले जानकारी दिएका छन् ।

चलचित्रले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्ने बताइएको छ । पोस्टप्रोडक्सनमा रहेको चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को मुख्य भूमिकामा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला छन् ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको सिनेमा ‘अभिमन्यु : च्याप्टर–१’लाई सुशान्त गौतमले निर्देशन गरेका छन् । यो उनको डेब्यु निर्देशन हो । मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् ।

‘अभिमन्यु : च्याप्टर–१’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।

जीवन शाक्य लाइन प्रोड्युसर रहेको यस चलचित्रमा मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुली रंग सम्योजन, मदन घिमिरे सम्पादक रहेका छन् । ‘अभिमन्यु’मा शरद महतोको डिओपी रहेको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया