Close sidebar

‘जेरी अन टप’ को फर्स्टलूक पोस्टर सार्वजनिक,असोज ३१ लाई प्रदर्शन मिति तय

साउन ९, २०८२

तिहारको अबसरमा आगामी असोज ३१ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्म ‘जेरी अन टप’ को फर्स्टलूक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण कम्पनि अनन्या फिल्मस् प्रालीले फिल्मको प्रचार थालनी गर्दै बिहिबार एकसाथ तीन पोस्टर सार्वजनिक गरेको हो ।

सार्वजनिक पोस्टरमा फिल्मका तीन प्रमुख कलाकार अभिनेता अनमोल केसीसँग अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङ फिचर्ड छन् । पोस्टरमा समावेश पृष्ठभूमिले फिल्मको कथा खोलेको छ, जहाँ अनमोल र जसिता हिमाल आरोहीको अबतारमा प्रस्तुत छन् भने अर्को पोस्टरमा अनमोल दुबै अभिनेत्रीसँग रोमान्टिक अबतारमा छन् । पोस्टरले ‘जेरी अन टप’मा त्रिकोणात्मक प्रेम रहेको संकेत गर्छ ।

सुयोग गुरुङको निर्देशनमा तयार यो फिल्ममा अनमोल, आँचल र जसितासँगै चर्चीत हाँस्य अभिनेता केदार घिमिरे ‘माग्नेबुढा’, अभिनेता भुवन केसी, अभिनेत्री सुरक्षा पन्त र उषा खड्की पनि प्रमुख अभिनयमा छन् । अनमोल पिता अभिनेता भुवन केसीले ‘जेरी अन टप’मा पनि अनमोलको बुवाकै भुमिका निभाएका छन् ।

निर्माता सरोज न्यौपानेले बिहिबार सार्वजनिक पोस्टरलाई सुरुवात मात्र भन्दै बिस्तारै फिल्म भित्रका विभिन्न सरप्राइज खुल्दै जाने बताए । पोस्टर सार्वजनिक गर्दै न्यौपानेले फिल्मलाई सम्पूर्ण टिमको अथाह मेहनतपछिको परिणाम भनेका छन् ।

सगरमाथा बेसक्याम्प, काठमाडौं, मुस्ताङ लगायतका ठाउँमा यो फिल्मलाई छायांकन गरिएको छ । फिल्मका केहि दृश्य काठमाडौंमा झण्डै एक करोडको लागतमा तयार गरिएको सेटमा छायांकन गरिएको थियो ।

सरोज न्यौपानेको प्रस्तुतिमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारी निर्माता रहेको यो फिल्मको कथा हेमराज बिसीको हो । कार्यकारी निर्मातामा अनुराधा गिरी र इश्वर श्रेष्ठ रहँदा एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का छन् ।

‘जेरी अन टप’मा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र ब्रिजेश श्रेष्ठको संगीत छ । विस्वास तिम्सिनाको पटकथा रहँदा दुलिप रेग्मीको छायांकन छ ।

हङकङको एलजी एसोसिएट्सले यो फिल्मको (अष्ट्रेलियाबाहेक) अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेको छ भने नेपालमा रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरण अधिकार लिएका छन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया