Close sidebar

‘आ बाट आमा’ मा सिमरन पन्त अनुबन्ध, पल शाहसँग जोडी बाँधिने

साउन ७, २०८२
निर्देशक चन्द्र पन्तको निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ मा अभिनेत्री सिमरन पन्त अनुबन्धित भएकी छन्। निर्माण टिमले उनलाई सोमबार अनुबन्ध गरेको हो। यस फिल्ममा उनी अभिनेता पल शाहसँग जोडी बाँधिनेछिन्।
सिमरनले यसअघि फिल्म ‘होस्टेल ३’ मा अभिनय गरेकी थिइन्, जहाँ उनको अभिनयको प्रशंसा गरिएको थियो। ‘आ बाट आमा’ उनको दोश्रो फिल्म हो।
यसअघि नै फिल्ममा अभिनेत्री विपना थापा, साथै तेलुगु, हिन्दी र तमिल फिल्मका चर्चित अभिनेता प्रदीप रावत अनुबन्ध भइसकेका छन्। अभिनेता रावत यसअघि चन्द्र पन्तकै निर्देशनमा बनेको फिल्म ‘ह्रस्वदीर्घ’ मा देखिएका थिए, जहाँ उनले अभिनेत्री नीता ढुंगानाका बुबाको भूमिकामा अभिनय गरेका थिए। नयाँ फिल्ममा उनले पल शाहको बुबाको भूमिका निर्वाह गर्नेछन्।
फिल्मका निर्देशक चन्द्र पन्तले यसअघि ‘माई’ र ‘ह्रस्वदीर्घ’ निर्देशन गरिसकेका छन्। ‘ह्रस्वदीर्घ’ मार्फत विपना थापाले १६ वर्षपछि नेपाली रजतपटमा पुनरागमन गरेकी थिइन्। अब उनी पुनः पन्तकै निर्देशनमा काम गर्न लागेकी हुन्।
आर्या इन्टरटेन्टमेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्म आउँदो भदौबाट छायांकनमा जाने तयारीमा छ। निर्माता पक्षले प्रदीप रावत, विपना, पलका साथै अन्य कलाकार र प्राविधिक टिम पनि छिट्टै टुंगो लगाउने जनाएको छ।
फिल्मको थिम पोस्टर एक महिना अघि सार्वजनिक भइसकेको छ भने निर्देशक पन्तका अनुसार फिल्म आगामी फागुन १५ गतेबाट प्रदर्शनमा आउने तय भइसकेको छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया