Close sidebar

चलचित्र ‘किस्ने कहाँ छ ? ’ को औपचारिक निर्माण घोषणा

साउन ३, २०८२

नेपाली चलचित्र उद्योगमा पछिल्लो समय नयाँ चलचित्र निर्माणको क्रम तीव्र रूपमा बढिरहेको छ। लगभग दैनिक रूपमा नयाँ नयाँ चलचित्रको घोषणा भइरहेका बेला, निर्देशक राजेन्द्र बस्नेतको निर्देशनमा बन्ने नयाँ कमेडी जनरामा चलचित्र ‘किस्ने कहाँ छ ?’ को औपचारिक घोषणा गरिएको छ। चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै चलचित्रको घोषणा गरिएको छ। थिम पोस्टरमा एउटा गाडी हिलो बाटोमा रोकिएर बाटोमा काम गर्दै गरेको मान्छे संग कुरा गर्दै गरेको देख्न सकिन्छ।

फिल्मको कथा, पटकथा र संवाद लेखक विनय राज पौडेलले तयार पारेका छन्। ग्रीन प्यारोट्स फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुने यस चलचित्रमा हेमन्त बस्नेतको लगानी रहेको छ भने, कार्यकारी निर्माता इश्वर वल्लव उप्रेती रहेका छन्।

निर्देशक बस्नेतका अनुसार चलचित्रको छायांकन छिट्टै सुरु हुनेछ। कलाकारहरूको टुंगो भने अझै लागिसकेको छैन, कलाकार छनोटको कार्य भइरहेको निर्माण टिमले जनाए ।

कमेडी जनरामा आधारित ‘किस्ने कहाँ छ ? ’ ले नेपाली समाजको गहिरो चित्रण गर्ने अपेक्षा गरिएको छ। यो फिल्म पनि नेपाली चलचित्रले पछिल्लो समय लिएको कमेडी धारलाई अगाडि बढाउने विश्वास गरिएको छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया