Close sidebar

‘माइतीघर’को अस्ट्रेलिया राइट्स महँगो रकममा बिक्री

असार १८, २०८२
मिलन तामाङको निर्देशन र रोहित अधिकारीको निर्माणमा तयार भइरहेको फिल्म ‘माइतीघर’को अस्ट्रेलिया राइट्स महँगो रकममा बिक्री भएको छ।
आगामी दशैंको फूलपातिबाट विश्वभर एकसाथ प्रदर्शनमा आउने यो फिल्मको फस्टलुक अहिलेसम्म रिलिज गरिएको छैन्। तर, यो फिल्मको फस्टलुक पोस्टर रिलिज नहुदै महँगो रकममा अस्ट्रेलिया राइट्स बिक्रि हुनु भनेको यसको हाइप कुन लेभलमा छ भन्ने कुरा पुष्टी हुन्छ।
अस्ट्रेलिया राइट्स महँगो रकममा बिक्री भएसंगै यो फिल्मको लगानीको एउटा ठुलो हिस्सा सुरक्षित भएको निर्माणपक्षले जनाएको छ। यो फिल्मको अस्ट्रेलिया रिलिज अधिकार हिमारो इन्टरटेन्मेन्टका लागि प्रमेज धामि र प्रकाश गैरेले खरिद गरेका हुन्।
निर्माता अधिकारीका अनुसार,  फिल्मलाई अन्य देशहरुमा पनि बिक्रि गर्ने कुरा भइरहेको छ ।  यो फिल्मको अन्य देशको बिक्रि पनि चाडै हुने देखिएको छ।  किनकि यो फिल्मको कथाबस्तु, कलाकारको लाइनअप र निर्माणपक्षको कडा मिहेनत विदेशी बजारमा देखिएको छ।  जसले गर्दा, फिल्मको माग बढेको हो।
सुसन प्रजापतिको छायांकन रहेको फिल्ममा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानी छ । फिल्मका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन् ।यो फिल्ममा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया