Close sidebar

‘पीआर’ को टिजर सार्वजनिक

असार १२, २०८२
सलोन सलिना फिल्मसको व्यानरमा निर्माण भएको फिल्म ‘पीआर’ को टिजर सार्वजनिक भएको छ।बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि टिजर रिलिज गरिएको हो। टिजरमा अस्ट्रेलियामा विद्यार्थीहरुको संघर्ष उनीहरुको दुख नेपालमा परिवारको पिढा एउटा समसामयिक विषय देखाइएको छ ।  फिल्ममा आर ए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पुजा चौधरी, बिमला खत्री आस्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी, कृष्ण थापा ,म्याक्स र नवीन घायलको अभिनय छ।
त्यसैगरि विशेष भुमिकामा नीर शाह,गौरी मल्ल,रबिन्द्र खडका, दिक्पाल कार्की उत्तम केसीले अभिनय गरेका छन्। रन्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया) र सन्तोष तिवारी (लेन वे डम्प्लिङ) सिड्नी प्रस्तुतकर्ता रहेको यस फिल्मको निर्देशन शोभित बस्नेतले गरेका छन्। यस फिल्मको कथा पनि उनकै रहेको छ।
यस फिल्मका निर्माताका रुपमा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा रहेका  छन्। फिल्ममा मानस राज र भिम बिसीको संगीत, रामजी लामिछानेको नृत्य, गणेश बुढाथोकीको पटकथा र संवाद, सौरभ सायमी (अस्ट्रेलिया) र सौरभ लामा (नेपाल)  छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ। यस फिल्मको
मुख्य सहायक निर्देशकका रुपमा रामजी राउत,गणेश बुढाथोकी, मणि तामाङ रहेका छन्।
केवल मान सिंह बस्नेतको निर्माण ब्यबस्थापक रहेको यो फिल्मको छायांकन अष्ट्रेलियाको विभिन्न सहरमा ६० र ४० प्रतिशत गरिएको निर्देशक बस्नेतको भनाई छ। निर्माण पक्षका अनुसार  यो फिल्म यसै महिनाको अन्तिमबाट अस्ट्रेलिया र न्युजिल्यान्ड को सबै शहरमा र रिलिज गरिदै छ। यस बाहेक  दशैको आसपासमा विश्वव्यापी रुपमा रिलिज गरिने निर्माण पक्षको भनाई छ । यो फिल्मलाई आर आर फिल्मसले वितरण गर्दैछ।
https://youtu.be/ChDKBq-jKZc?si=991jbzmWl1XCcSII

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया