Close sidebar

१०० दिन पुगेको अवसरमा नेपालगन्जको सिनेरोयलमा ‘अञ्जिला’को विशेष शो

असार ६, २०८२

नेपालगन्ज, गत वर्षको फागुन २९ गते रिलिज भएको नेपाली चलचित्र ‘अञ्जिला’ लगातार प्रदर्शनको एक सय दिन पुगेको छ । शुक्रवार १००औँ दिनमा काठमाडौंको क्युएफएक्स सिनेमा चेनको सामाखुसीस्थित सिटी स्क्वायर मल, काठमाडौंकै कीर्तिपुर सिनेप्लेक्स, इटहरीको इलाइट सिनेमा हल, बिर्तामोडको पाथीभरा सिनेप्लाजा, चितवन पर्सा बजारको म्याङ्गो जनज्योति सिनेमा र विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा प्रदर्शन भइरहेको छ ।

चलचित्रका निर्देशक मिलन चाम्सले सबै दर्शकप्रति आभार व्यक्त गरेका छन् । उनले अझै पनि दर्शकबाट निरन्तर साथको अपेक्षा गरे । ‘अञ्जिला’ वर्ष २०८१ को व्यापारिक आँकडामा उत्कृष्ट पाँच भित्र परिसकेको छ । हालसम्म यस चलचित्रले १२ करोड माथिको व्यापार गरिसकेको निर्माताले बताएका छन् ।

यस्तै यता मोफसल नेपालगन्जको सिनेमाघर सिनेरोयलमा ५१ दिन मनाउन सफल नेपाली चलचित्र ‘अन्जिला’ प्रदर्शनको १०० दिन पूरा गरेको अवसरमा बाँकेको खजुरास्थित लिटिल हारबोर एकेडेमीका २०० भन्दा बढी विद्यार्थीले चलचित्र ‘अञ्जिला’ हेरेर १०० दिन मनाएका छन्।

चलचित्र एन्जिला एक चलचित्र मात्रै नभएर जिवनको भोगाइ,संघर्ष र सफलताको कथा भएकाले पनि बिद्यार्थीलाई यो चलचित्रले राम्रो शिक्षा दिने भएकाले पनि चलचित्र देखाईएको कुरा सिनेमाघर सिनेरोयलका सिईओ रितेश श्रेष्ठले बताए । श्रेष्ठका अनुसार एन्जिला जस्तो चलचित्रले पछिल्लो समय बिद्यार्थीहरुमा चलचित्रहेर्ने चासो बढाएको देखिन्छ । चलचित्र हेर्दा मनोरंजन मात्रै नभएर संदेश र शिक्षामुलक भएमा विद्यार्थीलाई पनि नेपाली चलचित्रमा आकर्षित गर्न सकिने उनी बताउछन् ।

चलचित्र एन्जिला राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । यसमा एन्जिला आफैँले प्रमुख अभिनय गरेकी छन् भने दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया