Close sidebar

‘एक्लो’अभिनेत्री तथा पर्वतारोही दियाले गरिन्यु रोपको सबैभन्दा अग्लो शिखर आरोहण

जेष्ठ ३०, २०८२

अभिनेत्री तथा पर्वतारोही दिया पुनले युरोपको सबैभन्दा अग्लो शिखर, माउन्ट एल्ब्रुस (५,६४२ मिटर) सफलतापूर्वक आरोहण गरेकी छन्। उनी जुन १० तारिखको बिहानमा टेजन गुरुङ (एलिट एक्सपेडिसन) र रसियन गाइड लिउन अताबिएभ र एड्गरसँगै शिखरमा पुगेकी हुन्। यो अभियान एलिट एक्सपेडिसन प्रा.लि.ले आयोजना गरेको थियो।

यस उपलब्धिसँगै, उनले “सेभेन समिट्स” चुनौतीमा, सात महादेशका सबैभन्दा अग्ला शिखरहरू चढ्ने आफ्नो महत्त्वाकांक्षी लक्ष्यलाई अघि बढाएकी छन्।

अहिलेसम्म पुनले सात मध्ये चार शिखर सफलतापूर्वक आरोहण गरिसकेकी छन्: माउन्ट एभरेष्ट (एशिया), किलिमन्जारो (अफ्रिका), अकोंकागुवा (दक्षिण अमेरिका), र अहिले माउन्ट एल्ब्रुस (युरोप)। उनका आगामी लक्ष्यमा कार्स्टेन्स पिरामिड (ओसियानिया), डेनाली (उत्तर अमेरिका), र माउन्ट विन्सन (अन्टार्कटिका) समावेश छन्।

दिया पुनले आफु अभिनित प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘एक्लो’ को पोस्टर र नेपालको झन्डा साथमा लगेकी थिइन्। उनको अभिनय रहेको चलचित्र ‘एक्लो’ अहिले चर्चामा छ। केहि हप्ता अघि मात्र चलचित्र ‘एक्लो’ ले कान्समा स्टल राखेर चलचित्रको मार्केटिंग गरेको थियो। कान्स पछि ‘एक्लो’ को चर्चा बढेको छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया